अभिभावक विहीन ३८ विद्यार्थीको जिम्मा लिँदै रोङ

इलाम । इलामको रोङ गाउँपालिकाले अभिभावक विहीन ३८ जना विद्यार्थीको जिम्मा लिएको छ । गाउँपालिका भित्र रहेका बालबालिका अभिभावक विहीन नहुन भन्ने उद्देश्यले गाउँपालिकाले जिम्मा लिएको हो । आमा–बुबा नभएका २१ जना विद्यार्थी र अभिभावक विहीन १७ जना गरी ३८ जनाको अभिभावकत्व रोङ गाउँपालिकाले लिएको हो ।

बिहीबार अभिभावकको जिम्मा लिएको पालिकाले प्रत्येक विद्यार्थीका पाँच लाख रुपैयाँ बराबरको जीवन बिमा गर्ने र आमा बुबा नभएका २१ जनाको एक लाखका दरले स्वास्थ्य बिमा समेत गर्ने निर्णय गरेको छ । साथै अभिभावक विहीन १७ जनाको उपचार गाउँपालिका लेनै गर्ने छ ।

पालिकाले आमा बुबाको हुन भन्ने थाहा नभएका २१ जना र आमा बुबा भएर पनि बच्चा सँग नभएका १७ जना विद्यार्थीलाई १२ कक्षा सम्म पठाउने जिम्मा समेत लिएको गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्वो सुवासले जानकारी दिए ।

उनका अनुसार उक्त विद्यार्थीहरूको बैक खाता सञ्चालन गरी गाउँपालिकाले वार्षिक १० हजार रुपैयाँका दरले प्रत्येक विद्यार्थीको खातामा जम्मा गर्ने छ भने यस वर्ष गाउँपालिकामा रहेको सिद्धि हाईड्रोपावर प्रत्येक विद्यार्थीको खातामा २० हजार रुपैयाँ जम्मा गरिदिने भएको छ । यो रकम विद्यार्थी उच्च शिक्षा अध्ययन गर्दा मात्रै निकाल्न मिल्ने गरी खाता खोलिएको अध्यक्षको भनाई छ ।

‘खातामा जम्मा गर्न मिल्छ तर निकाल्न मिल्दैन, स्याङ्वोले भने १२ कक्षा सम्म गाउँपालिकाले जिम्मा लिन्छ त्यसपछि भविष्य अन्योल नहोस् भनेर अहिले निकाल्न नमिल्ने खाता सञ्चालन गरेका छौ ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार चौहानले अभिभावक विहीन विद्यार्थीको सहारा सरकार बन्नु पर्ने भन्दै पालिकाले जिम्मा लिने निर्णय गरेको बताए । उनले विद्यार्थीहरूको आवश्यक सामाग्री प्याकेज बनाएको र जसमा कापी, कलम, ब्याग, स्विटर, ट्रयाक सुट, जुता, मोजा, क्यालकुलेटर, ज्यामीति बक्स, पेन्सिल, पानी पिउने बोतल र टिफिन बक्स प्याकेजमा रहेका छन् ।

सहयोगी दाताले सिधै खातामा जम्मा गर्न मिल्दैन
अभिभावक विहीन बालबालिकाको जिम्मा लिएको गाउँपालिकाले सहयोगी दाताहरूले सहयोग गर्न चाहे सिधै विद्यार्थीको खातामा जम्मा गर्न नमिल्ने बनाएको छ । सहयोग रकम सबै विद्यार्थीलाई समान रूपमा नहुने भएकाले प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखको संयुक्त खाता सञ्चालन गरी उक्त खातामा जम्मा गर्ने भएको हो । उक्त खातामा जम्मा भएको रकम कार्यपालिका बैठकबाट निर्णय गरी सबै विद्यार्थीको खातामा बराबर जम्मा गर्नका लागि संयुक्त खाता सञ्चालन गरिएको अध्यक्ष स्याङ्वोले बताए ।

दैनिक १ रुपैयाँ बैङ्क खातामा
रोङ गाउँपालिकाले प्रत्येक विद्यार्थीको बैङ्क खाता खोलेर विगत दुई वर्ष देखि दैनिक १ रुपैयाँ बचत सुरु गरेको छ । विद्यालय उमेरदेखि नै बचत गर्दा बालबालिकामा बचतको संस्कार सहित वित्तीय साक्षरताको समेत विकास गर्ने उद्देश्यले बचत थालेको हो । गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्बोका अध्यक्षसँग विद्यार्थी कार्यक्रमअन्तर्गत गाउँपालिकाले ‘विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रमको कार्यविधि –२०८०’ तयार गरी बचत थालिएको हो ।

बचत रकम जम्मा गर्न पालिकाले लागि प्राइम कमर्सियल बैङ्कसँग सम्झौता गरेको छ । सो बैङ्कमा पालिकाका नर्सरीदेखि कक्षा १२ सम्मका सम्पूर्ण विद्यार्थीहरूको खाता खोली बचत गरिएको हो । अहिले विद्यार्थीको खातामा एक लाख रुपैयाँ सम्म पुगेको छ । उक्त रकम १२ पास गरेर उच्च शिक्षा पढ्ने बेला मात्रै निकाल्न मिल्छ । दैनिक एक रुपैयाँ बचतले विद्यालयमा विद्यार्थीको उपस्थिति समेत बढ्दो छ । द्यिार्थीको खातामा न्युनतम दुईहजार पाँचसय देखि एक लाख रुपैया सम्म बचत भएको छ । शान्तिपुर माध्यमिक विद्यालयकी इशानी कुलुङले सबै भन्दा धेरै बचत गरेको पाईएको छ । उनको खातामा एक लाख तीन हजार सात सय २६ रुपैयाँ बचत भएको पालिका अध्यक्षले बताए । उनका अनुसार दैनिक एक रुपैया बचतबाट दुई हजार ७३ जना विद्यार्थले ५३ लाख चार हजार ५३ रुपैयाँ जम्मा गरेका छन ।

बैङ्क खातामा गाउँपालिकाले विद्यार्थीहरू विद्यालयमा उपस्थित भएको दिनको आधारमा दैनिक एक रुपैयाँका दरले नियमित बचत गरिदिँदै आएको छ । उक्त खातामा गाउँपालिकाले मात्र नभई विद्यार्थीहरूले समेत नियमित बचत गर्नुपर्ने छ । विद्यार्थीले दैनिक कम्तीमा एक रुपैयाँ वा एक रुपैयाँभन्दा धेरै चाहेअनुसार बचत गर्न पाउनेछन् ।

‘बालबालिका पढ्ने विद्यालयमा नै बचत सङ्कलन हुने व्यवस्था मिलाइएको छ, स्याङ्बो भन्छन् बचत गरेको प्रमाणका लागि पास बुकको व्यवस्था छ । बचत’bout वर्षको दुई पटक अभिभावकको मोबाइलमा बैङ्कबाट एसएमएस जान्छ ।’ गाउँपालिकाले विद्यार्थीको उपस्थितिका अनुसार प्रतिदिन एक रुपैयाँका दरले प्रत्येक ३ महिनामा एकमुष्ट रकम विद्यार्थीको बैङ्क खातामा जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

डडेल्धुरा अस्पतालको ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन