सङ्खुवासभामा प्रहरीमाथि आक्रमण, भाग्न खोजेपछि गोली हानेर पक्राउ

सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारी फरार प्रतिवादी र प्रहरी बिच जम्का भेट हुदाँ प्रहरी माथि आक्रमण भएको छ । खाँदबारी नगरपालिका –१ स्थित अस्पताल चोकको पाँचखपन चुङखुरुङ होटलमा शङ्कास्पद अवस्थामा देखिएका फरार प्रतिवादीमाथि सोधपुछ गर्ने क्रममा आक्रमण हुदाँ सादा पोसाकमा खटिएका प्रहरी साहयक हवल्दार घाइते भएका छन् । खुकुरी देखाएर भाग्न खोजेपछि विभिन्न मुद्दाका आरोपित एकजनालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । गोली लागेका युवा अपराधिक पृष्ठभूमि भएको प्रहरीको भनाइ छ ।

आइतबार दिउँसो खाँदबारी–१ स्थित अस्पताल चोकको पाँचखपन चुङखुरुङ होटलबाट खाँदबारी नगरपालिका–६ घर भएका ३१ वर्षीय रुद्रबहादुर विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । प्रहरीमाथि खुकुरीले आक्रमण गर्न खोजेपछि प्रतिरक्षाका लागि गोली चलाउनु परेको उनको भनाइ छ । जिल्ला अस्पताल खाँदबारीमा सामान्य उपचारपछि विकलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

फैसला कार्यान्वयनका लागि फरार प्रतिवादी खोजतलास गर्न प्रहरी टोली खटिएको थियो । फरार मुद्दाका प्रतिवादी खोजी गर्न क्रममा सादा पोसाकमा खटिएको प्रहरी टोली माथि आक्रमण हुदाँ प्रहरी साहयक हवल्दार घाइते भएको प्रहरी नायव उपरीक्षक मैनालीले बताए । घाइते प्रहरी साहक हवल्दारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनले सुरुमा कुकरले प्रहरीको टाउकोमा प्रहार गरेछन् । त्यसपछि खुकुरीले हान्न खोज्दा गोली प्रहार गर्नुपर्ने अवस्था आएको प्रहरीको भनाइ छ ।

प्रहरी साहयक हवल्दारलाई घाइते बनाएर खुकुरी देखाउँदै भाग्न खोजेपछि देब्रे तिघ्रामा गोली प्रहार गरी पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मैनालीले बताए । चोरीका पटके प्रतिवादीका रूपमा केही समय अघि कारागार बसेर सजाय भुक्तान गरी निस्केका थिए । कारागारबाट निस्किएपछि विश्वकर्मा माथि ६–७ वटा चोरीको उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीलाई प्रहार गर्न खोजेको एउटा खुकुरीसमेत बरामद गरेको छ । घटनाको ’boutमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की