सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही । सर्लाहीमा गरिमा विकास बैंक मलंगवाका ऋणी नथुनी मुखिया बिनले बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रांगणमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन् । सर्लाहीको चन्द्रनगर वडा नं ६ कामद निवासी मुखियाले बैंकले आफूलाई ठगी गरी आफ्नो सम्पूर्ण जग्गा जमिन लिलामी गरेको आरोप लगाउँदै आफुले यस्तो कदम चालेका बताए ।

पीडित मुखियाले गरिमा विकास बैंक मलंगवाले जबर्जस्ती रूपमा आफ्नो सम्पत्ति लिलामी गरेको दाबी गर्दै न्यायका लागि पटक–पटक सम्बन्धित निकायमा गुहार माग्दा समेत सुनुवाइ नभएको बताए । उनले बैंकसँग मिलेमतो गरी प्रहरी र प्रशासनबाट पनि आफूलाई असहयोग भएको आरोप लगाएका छन् ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीको परिसर बुधवार दिउँसो तनावग्रस्त बनेको थियो ।

प्रहरीका अनुसार मुखियाले प्रहरी कार्यालय परिसरमै पेट्रोल छर्किएर आगो लगाउन खोज्दा त्यहाँ उपस्थित प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवले प्रहरीले घटना’bout थप अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यलयले बैंकले पठाएको शान्ती सुरक्षा सम्बन्धि पत्र पठाएको थियो । ती पत्रको आधारमा दुईटै पक्षलाई बोलाएर छलफलको लागि बोलाइएको थियो, छलफलको क्रममै मुखियाले आफ्नो शरिरमा पेट्रोल छर्केको प्रहरी निरीक्षक यादवले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक पक्राउ