पोखरा । टुरिष्ट पोर्टरको काम गर्दै आएका पर्यटकीय गाउँ धम्पुसका २२ वर्षीय राजेन्द्र पौडेलको हत्या आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कास्कीको माछापुच्छे गाउँपालिका–७ निवासी ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय तिलबहादुर पुन छन् ।
प्रहरीले उनीहरुलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ५ दिनको म्यादसमेत थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय, कास्कीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरेको हो । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार घटनाको सूक्ष्म रुपमा अनुसन्धानका क्रममा आरोपलाई पक्राउ गर्न सफल भएको जनाए । प्रहरीले घटनास्थलबाट बाँसको भाटा, दाउरा, हँसिया, बियरको बोत्तलका टुक्रा र पानीको बोत्तल बरामद गरेको जनाएको छ ।
मादक पदार्थ सेवनले सामान्य रिसइबीमा समेत मानिसको हत्यासम्म हुनु र वर्षौसम्म जेल सजाय बस्नुपर्ने अवस्था धम्पुसको यो घटनाले देखाएको छ ।
कसरी भयो घटना ?
प्रहरीका अनुसार, गत ८ कात्तिक साँझ राजेन्द्र पौडेलले आफ्नै दिदी भिनाजु घरमा आएको अवस्थामा आफ्नो मोबाइल हराएको भन्दै भिनाजु विष्णुप्रसाद गौतमसँग मोबाइल मागेको थिए । तर भिनाजु गौतमले मोबाइल नदिएपछि उनको मोबाइल फुटाइदिएका थिए ।
उता, तिलबहादुर पुन, आशिष गुरुङ, महादेव विक र मिलन विक मिलेर मादक पदार्थ सेवन गरी बसेका थिए । उनै राजेन्द्र पौडेलसँग उनीहरुको मापसे गरेको विषयमा सामान्य विवादसमेत उत्पन्न भएको थियो ।
त्यसपछि राजेन्द्र रिसाएर तिलबहादुरको मौरीको घारमा लात हाने । उक्त विषयमा पनि सामान्य विवाद बढ्यो । राजेन्द्र रिसाएर घर गए । उनले हँसियाले प्रहार गर्दा मिलन विकलाई घाँटीमा र आशीष गुरुङलाई खुट्टामा चोट लागेको थियो । सो घटनापश्चात सबै जना आआफ्नो घर गए ।
सोही राति १२ बजे आशिषले विक्रम पुन र तिलबहादुरलाई फोन गरी बोलाए । मिलन विक, महादेव विक, आशिष गुरुङ, विक्रम पुन र लीलबहादुर पुनसमेत ५ जना मिली अब यसलाई छाड्नु हुँदैन भन्दै राजेन्द्रको घर गए । उनलाई भाटा, मुक्का तथा लात्तीले प्रहार गरे । उक्त प्रहारबाट घाइते राजेन्द्रलाई घिसार्दै बारीको पाटामा लगेर छाडेका थिए । उनको शव भोलिपल्ट बारीको पाटामा भेटिएको थियो ।
शव भेटिएको खबरपछि कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीको नेतृत्वको टोलीले अनुसन्धान थालेको हो ।
घरमा आमा, दुई दाजुभाइ रहेका मृतक राजेन्द्रले टुरिष्ट पोर्टर अर्थात् भरियाको काम गर्दै आएका थिए । ट्रेकिङ गएर दशैँमा फर्किएका राजेन्द्रले साथीभाइ जम्मा गरी रमाइला गर्न भनी रक्सी खुवाएका थिए । आखिर लहैलहैमा उनको अकालमा ज्यान गयो ।
सम्बन्धित समाचार
लमजुङ कालिका : जहाँ देशवासीको कल्याणका लागि गरिन्छ पूजा
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै
रौनक हराएको दसैँ
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
दसैँमा यात्रुको सहारा बन्यो प्रहरीको निःशुल्क बस सेवा
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजा अर्चना






