धनकुटाका पत्रकारलाई शेयर बजार र बित्तीय साक्षरता तालिम

धनकुटा । शेयर बजार रिपोर्टिङ सम्बन्धि दक्षता अभिबृद्धि तथा बित्तिय साक्षरताका लागि धनकुटामा पत्रकारका लागि धनकुटामा एक दिने तालिम संचालन गरिएको छ । शेयर बजार सम्बन्धमा समाचार लेखनको भाषा, शब्दहरुको विषयमा जानकारी दिने उदेश्यले तालिम दिइएको हो। आर्थिक तथा बित्तिय क्षेत्रको बुझाइ र लेखनशीप सुधारकालागि पत्रकार महासंघ धनकुटा र अनलाइन सेक्यूरीटी संस्थाले पत्रकारका लागि अभिमुखिकरण कार्यक्रम संचालन गरेका हुन् ।

शेयर बजारको संरचना, कारोबारको प्रकृया, सूचकाकंको उचारचढाव, वित्तिय विवरण अध्ययन गर्ने तरिका, जोखिम ब्यबस्थापन र तथ्यपरक आर्थिक समाचार लेखनका ’boutमा जानकारी गराइएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले मौफसलका पत्रकारहरुले हरेक क्षेत्रमा लेख्न र बोल्नुपर्ने हुँदा पत्रकारीताको विकास जरुरी रहेको भन्दै तालिमबाट आर्थिक विषयमा कलम चलाउन पत्रकारहरुलाई सहयोग मिल्ने बताए।

तालिममा अनलाइन सेक्यूरीटी प्रालिका प्रबन्धक दिनेश शर्मा विडारी र धरानका कार्यालय प्रमुख सुजन निरौला, प्रशिक्षक ले शेयर बजार, शेयरका प्रकारहरु, शेयर कारोबार, प्राथमिक र दोस्रो शेयर बजारहरु, सिमेट खाता, शेयर ब्रोकर, नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेप्से सूचकांक, पूँजी बजार लगायतका विषयमा सहजीकरण गरेका थिए। तालिममा धनकुटामा रहेर पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनमा कार्यरत २५ जना पत्रकारको सहभागिता रहेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ