उडानपछि पतन

काठमाडौं । वित्तीय आधार, नाफा इतिहास र लाभांश क्षमतावारे स्पष्ट सूचना नआउँदै सूचीकृत कम्पनीको सेयर मूल्य अकासिनु सामान्य हो कि खतरनाक संकेत ? सागर डिस्टिलरी लिमिटेडको सेयर मूल्यले यही प्रश्नलाई बजारको केन्द्रमा ल्याइदिएको छ ।

सागर डिस्टिलरीका कारण सेयर बजारमा दुर्घटनाको संकेत

नियामक निकायले समयमै चासो नदिए आजको उन्माद भोलिको बजार दुर्घटनामा बदलिन सक्छ । लगानीकर्ताका लागि यो सेयर नाफाको सपना होइन, सावधानीको चेतावनी बनेको छ ।

सेयर बजारमा दुर्घटना एकैचोटि हुँदैन । त्यसका संकेतहरू पहिल्यै देखिन थाल्छन् । मूल्य आधारभन्दा छिटो माथि जानु, सूचनाभन्दा आशामा कारोबार बढ्नु र नियामकको मौनताजस्ता संकेत एउटै कम्पनीमा देखिन्छ भने त्यसलाई चेतावनीको घण्टी मानिन्छ । पछिल्ला दिनमा सागर डिस्टिलरी लिमिटेडको सेयर मूल्यले ठीक यही चित्रण गरिरहेको छ ।

सूचीकृत भएको केही सातामै सागर डिस्टिलरीको सेयर मूल्य करिब ३ सय रुपैयाँबाट १ हजार ७ सय रुपैयाँमाथि पुग्नु सामान्य बजारको स्वरूप थिएन । सूचीकृत भएको केही सातामै सागर डिस्टिलरीको सेयर मूल्य सयौं प्रतिशतले उकालो लागेको छ । करिब ३ सय रुपैयाँ आसपासबाट सुरु भएको मूल्य १ हजार ७ सय रुपैयाँ नाघिसकेको अवस्थामा पुगेको छ । तर, यो उचाइलाई समर्थन गर्ने वित्तीय विवरण, लाभांश घोषणा वा दीर्घकालीन रणनीति भने सार्वजनिक रूपमा देखिएको छैन । मूल्य उडिरहँदा आधार नदेखिनु नै अहिलेको सबैभन्दा ठूलो जोखिम हो ।

सेयर बजारमा माग–आपूर्तिले मूल्य निर्धारण गर्छ, तर सागर डिस्टिलरीको हकमा वास्तविक सूचनाभन्दा पनि हल्ला र आशामा आधारित देखिएको विश्लेषकहरू बताउँछन् । पछिल्ला दिनमा कारोबार परिमाण घट्दै जानु र मूल्य साइडवे हुनुले ठूला खेलाडीले नाफा सुरक्षित गर्न थालेको संकेत गर्छ । यस्तो अवस्थामा सबैभन्दा बढी जोखिममा भने नयाँ र साना लगानीकर्ता परिरहेका छन् ।

नियामक मौन किन ?
यस घटनाक्रमले नेपाल धितोपत्र बोर्ड र सेयर बजार नियमन प्रणालीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ । नयाँ कम्पनी सूचीकृत हुँदा लगानीकर्तालाई पर्याप्त सूचना, जोखिम’bout चेतावनी र पारदर्शिता सुनिश्चित गर्नुपर्नेमा नियामक निकायहरू दर्शक मात्रै बनेका हुन् कि ? भन्ने प्रश्न लगानीकर्ता वृत्तमा उठ्न थालेको छ ।

यदि, आधार कमजोर कम्पनीको सेयर मूल्य उडानलाई समयमै नियामक निगरानीले चासो नदिने हो भने यसको अन्तिम मूल्य सामान्य लगानीकर्ताले चुकाउनुपर्ने जोखिम बढ्ने जानकारहरू चेतावनी दिन्छन् ।

सागर डिस्टिलरीको सेयर उडानले नेपाल धितोपत्र बोर्ड, नेप्से र अन्य नियामक संयन्त्रको भूमिकामाथि पनि गम्भीर प्रश्न खडा गरेको छ । नयाँ कम्पनी सूचीकृत हुँदा जोखिम खुलासा, सूचनाको गुणस्तर र लगानीकर्ता चेतावनी अझ कडा हुनुपर्नेमा नियामक निकायहरू उत्साहको भीड हेरेर बसिरहेका त छैनन् ? भन्ने प्रश्न उठ्न थालेको छ ।

यदि, नियामकले समयमै बजार संकेत नबुझे वा बुझेर पनि चासो नदिए, यसको मूल्य केवल एउटै कम्पनीको सेयरले होइन, समग्र बजारको विश्वासले चुकाउनुपर्ने जानकारहरूको चेतावनी छ ।

बजार दुर्घटना अनिवार्य हुँदैन तर त्यसका संकेत बेवास्ता गरियो भने टार्न सकिँदैन । पारदर्शिता बढाउने, सूचनाको स्पष्टता ल्याउने र नियामक निगरानी कडा गर्ने हो भने सागर डिस्टिलरीको सन्दर्भमा अझै पनि स्थिति सम्हाल्न सकिने अवस्था छ । तर, यदि उन्मादलाई नै बजारको शक्ति ठानियो भने त्यसको अन्त्य सधैं एउटै हुन्छ, पतन !

सागर डिस्टिलरीको सेयर अहिले अवसरभन्दा बढी जोखिमको संकेत बनेको छ । नेपालको सेयर बजारले यसअघि पनि यस्ता उडान देखिसकेको छ । केही वर्षअघि आधार कमजोर कम्पनीहरूको मूल्य आकस्मिक रूपमा अकासिँदा हजारौं लगानीकर्ताले ठूलो क्षति बेहोरेका उदाहरण अझै ताजा छन् । सागर डिस्टिलरी प्रकरणले ती घटनाको पुनरावृत्तिको डर जगाइदिएको छ ।

साना लगानीकर्ता जोखिममा
चार्ट र कारोबार प्रवृत्ति हेर्दा पछिल्ला दिनमा सेयरको गति स्पष्ट रूपमा सुस्त भएको देखिन्छ । कारोबार परिमाण घट्दै जानु र मूल्य सीमित दायरामा अड्किनुले ठूला खेलाडीले नाफा सुरक्षित गरिसकेको वा गर्न थालेको संकेत गर्छ । तर, यही समयमा ‘अझै बढ्छ’ भन्ने भ्रममा प्रवेश गर्ने ‘नयाँ र साना लगानीकर्ता नै सम्भावित दुर्घटनाको केन्द्र’ बन्ने खतरा देखिन्छ ।

वित्तीय आधार, नाफा इतिहास र लाभांश क्षमता’bout स्पष्ट सूचना नआउँदै सूचीकृत कम्पनीको सेयर मूल्य अकासिनु सामान्य हो कि खतरनाक संकेत ? सागर डिस्टिलरी लिमिटेडको सेयर मूल्यले यही प्रश्नलाई बजारको केन्द्रमा ल्याइदिएको छ ।

दोस्रो बजारमा आउँदा सागर डिस्टिलरीको पहिलो कारोबारका लागि प्राइस रेन्ज १ सय ६ रुपैयाँ ५२ पैसादेखि ३ सय १९ रुपैयाँ ५६ पैसासम्म तोकेको थियो । यसै दायराभित्र पहिलो कारोबार ३ सय १९ रुपैयाँ ५ पैसामा भएको थियो ।

त्यसपछि कम्पनीको सेयरले लगातार १९ पटक सकारात्मक सर्किट हानेर २१ मंसिरमा २ हजार १ सय ४६ रुपैयाँ ९ पैसा पुगेर सोही दिन बजारमा बिक्री हाबी भएपछि १ हजार ८ सय १७ रुपैयाँ १० पैसामा झरेको थियो ।

पछिल्लो कारोबार दिन मंगलबार सागर डिस्टिलरीको सेयर कारोबार १ हजार ६ सय ५४ रुपैयाँमा कारोबार सुरु भएकामा उकालो लागेर अधिकतम १ हजार ७ सय ५४ पुगेको थियो । त्यसपछि घटेर न्यूनतम १ हजार ७ सय २० रुपैयाँसम्म झरेर कारोबार बन्द भएको छ ।

सागर डिस्टिलरी लिमिटेडको कुल जारी सेयर संख्या ७२ लाख ६० हजार कित्ता रहेको छ । यसमध्ये कम्पनीले २० प्रतिशत अर्थात् १४ लाख ५२ हजार कित्ता सेयर सर्वसाधारणका लागि आईपीओमार्फत जारी गरेको थियो ।

आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरणअनुसार कुल बैंक ऋण २१ करोड ७१ लाख रुपैयाँ रहेको थियो भने आव २०८२–८३ को पहिलो त्रैमासिकमा बढेर ३७ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले प्रकाशित गरेको प्रोसपेक्टस्अनुसार आव २०८०–८१ मा ईपीएस माइनस ३ रुपैयाँ ७१ पैसा थियो भने आव २०८१–८२ (अनअडिटेड)को ईपीएस शून्य दशमलव ५९ थियो । यसैगरी, प्रतिसेयर नेटवर्थ आव २०८०–८१ मा १ सय ६ रुपैयाँ ५२ पैसा र आव २०८१–८२ मा १ सय ६ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै, आव २०८०–८१ मा रिटेन्ड अर्निङ २३ करोड १३ लाख रुपैयाँ थियो भने आव २०८१–८२ मा २३ करोड ३४ लाख रुपैयाँ छ ।

त्यसैगरी, सागर डिस्टिलरीको आव २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार सो अवधिको नोक्सान १ करोड ५३ लाख रुपैयाँ छ र ईपीएस माइनस ८.४४ छ ।

तपाइको प्रतिक्रिया
(Visited 314 times, 1 visits today)

epaper

ताजा समाचार

मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकाललाई