प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत पाकिस्तानको काराकोरम पर्वत शृंखलामा अवस्थित विश्वको १२औँ अग्लो आठ हजार ५१ मिटर उचाइको ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित ६ जना आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री शाहले हिमाल आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको बताए । उनले हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने उल्लेख गर्दै हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री शाहले ब्रोड पिक आरोहणका क्रममा ६ नेपाली र चार विदेशी आरोहीको दुःखद निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब