काठमाडौँ । तराईका विभिन्न जिल्लाहरूमा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिवार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता शुरु गरेका छन् ।
गृहमन्त्री गुरुङले हिन्दु सम्राट् सेना लगायतका आन्दोलनकारी समूहका प्रतिनिधिहरूसँग छलफल अगाडि बढाएको हो । गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि तराईका जिल्लाहरूमा प्रदर्शन र आन्दोलन चर्किएको थियो ।
सोही क्रममा सिरहामा हिन्दु र मुस्लिम समुदायबीचको विवादले उग्र रूप लिँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक जना युवाको ज्यान गएको थियो । आन्दोलनलाई शान्त पार्न र सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री गुरुङ यति बेला तराई भ्रमणमा छन् । वार्ताका माध्यमबाट केही स्थानको माहोल क्रमिक रूपमा शान्तिपूर्ण बन्दै गएको छ ।
प्रशासनले केही जिल्लाहरूबाट कर्फ्यु हटाए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा भने अझै पूर्ण रूपमा हटाएको छैन । सरकारले वार्ता र संवादका माध्यमबाटै सामाजिक सद्भाव कायम राख्दै समस्याको समाधान खोज्ने प्रयास गरिरहेको बुझिएको छ ।
सम्बन्धित समाचार
अल्पमतका मुख्यमन्त्री शाहका निर्णायक २७ दिन
१५ औँ महाधिवेशनलाई सर्वसम्मत बनाउन काँग्रेसभित्र आन्तरिक संवाद जारी : उपसभापति शर्मा
यस्ता छन्- मन्त्रिपरिषद् बैठकका ७ निर्णय (सूचीसहित)
रास्वपामा संघीय सांसदको स्वकीय सचिव बन्न एकाघरका सदस्य वा नजिकका नातेदारलाई पूर्णरूपमा निषेध (परिपत्रसहित)
नेपालको प्रधानन्यायधिस शर्मालाई भारतमा भब्य स्वागत
प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता, दबाबमा ३ न्यायाधीश
सांसदलाई स्वकीय सचिव राख्ने निर्णय यथावत्






