आयोगमा उच्चस्तरीय सुरक्षा समितिको बैठक

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगमा उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको छ ।

आयोगका सदस्य सगुन समशेर जबराको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव रामेश्वर दङ्गाल र रक्षा सचिव केदारनाथ शर्मासहित सुरक्षा निकायका प्रमुख र प्रतिनिधिको सहभागिता रहेको छ ।

बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक र नेपाली सेनाका रथी सहभागी छन् ।

आगामी निर्वाचनको सुरक्षा’bout बैठकमा छलफल हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान