तोलामा ४ हजार ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोलाको ४ हजार ६ सय रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै सुन आज प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन आइतबार तोलाको ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान