वन क्षेत्रमा सुशासन अभिवृद्धि’bout पत्रकारलाई तालिम

काठमाडौं । रेड कार्यान्वयन केन्द्रले वन क्षेत्रमा सुशासन अभिवृद्धि विषयमा तालिम सम्पन्न गरेको छ ।

धुलिखेलमा आइतबार र सोमबार आयोजित उक्त तालिम महिला पत्रकारहरुलाई लक्षित गरी आयोजना गरिएको थियो । जसअन्तर्गत तालिममा जलवायु परिवर्तन, कार्बन व्यापार र वनबाट समृद्धिका विषयमा पत्रकारिता कसरी गर्ने’bout प्राविधिक र मुद्दा उठानमा जोड दिइएको थियो ।

रेड कार्यान्वयन केन्द्रका प्रमुख तथा सहसचिव नवराज पुडासैनीले कार्यक्रममा केन्द्रको भूमिका, जलवायु परिवर्तनमा भइरहेका गतिविधि, वन उद्यमशीलताका विषयमा जानकारी दिएका थिए । उनका अनुसार वनबाट समृद्धि बन्ने साना तथा ठूला औद्योगिक क्षेत्रको महत्व बढ्दै गएको भए पनि सकारात्मक समाचार लेखनमा कमी आएको बताए ।

पूर्वसहसचिव एवं जलवायुविज्ञ डा सिन्धुप्रसाद ढुङ्गानाले जलवायु वित्तको अवस्था’bout कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उनका अनुसार काम गर्नसक्ने प्रशस्त बजेट आएको भए पनि यसलाई सहजै रुपमा प्रयोग गर्न अर्थमन्त्रालयको झन्झटिलो प्रक्रियाले समस्या सिर्जना भएको उल्लेख गरे । उनले पछिल्लो समय सरकारको उद्देश्यअनुरुप जङ्गलको क्षेत्र वृद्धि भएको जानकारी गराए । यद्यपी अब जङ्गल संरक्षणतिरभन्दा त्यसबाट समृद्धिको बाटोतर्फ कसरी पुग्नेतर्फ सरकाकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा भू–संरक्षण अधिकृत महेश ढुङ्गानाले समृद्धिका लागि वन परियोजनाको विषयमा हालसम्म भएका सकारात्मक कार्यमाथि कार्यपत्र प्रस्तुत गरे ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास