काठमाडौं । मध्यावधि निर्वाचनमा लज्जास्पद ढंगले जनमत गुमाएका परम्परागत राजनीतिक दल कांग्रेस र एमालेले पछिल्ला दिन संगठनभित्रको विश्वास पनि गुमाउन थालेका छन् ।
चुनावमा मत गुमाए, संगठनमा विश्वास गुमाउँदै
जेनजी आन्दोलनअघिसम्म सत्ताको नेतृत्व गरेको एमाले नेतृत्व हस्तान्तरणको बहसका कारण फुटको अवस्थासम्म पुगेको छ भने जेनजी आन्दोलनअगाडि नै नेतृत्व हस्तान्तरणको विवादले व्यवहारिक रुपमा फुटेको कांग्रेसभित्र सो फुटलाई बैधानिकता दिने प्रयास सुरु भएको छ ।
एमालेभित्रको आन्तरिक किचलो बढ्दै जाँदा लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिँदै आएका नेताहरु विष्णु पौडेल र शंकर पोखरेलमात्र नभई सचिवालयका अधिकांश सदस्य ओलीको विकल्प खोज्ने निष्कर्षमा छन् ।
एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपमहासचिव लेखराज भट्ट र सचिव महेश बस्नेतबाहेक सचिवालयका सबै नेता ओलीको विकल्प खोज्ने निष्कर्षमा पुगेका छन् ।
सचिवालयमा चरम अल्पमतमा परेका अध्यक्ष ओली स्वयं एमाले अब विभाजनको डिलमा पुगेको बताउन थालेका छन् । शनिबार र आइतबार एमाले संगठनभित्र भएको बहस र कोठे बैठकका छलफल र निष्कर्षका कारण अध्यक्ष ओलीले नै एमाले .फुट्ने अवस्थामा पुगेको बताउन थालेका छन् ।
उता एमालेमा जस्तै आन्तरिक एकता कमजोर भएको कांग्रेसमा पुनः १४औं महाधिवेशनवाट निर्वाचित सभापति शेरबहादुर देउवा पक्षधर र विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षधर नेताबीच औपचारिकरुपमै गुटबन्दी पुनः चर्किएको छ ।
आइतबार विराटनगरमा संस्थापन इतर पक्षको भेलाले कांग्रेस व्यवहारिक रुपमा फुटिसकेको निष्कर्ष निकाल्दै यसबाट जोगाउन विशेष महाधिवेशनबाट निर्वाचति सभापति थापाले कदम चाल्नुपर्ने निष्कर्ष निकालेको छ । उनीहरुले संकटको अवस्थामा थापाको एकल नेतृत्वले कांग्रेस एकजुट हुन नसक्ने भन्दै नेतृत्वमा संस्थापन इतरको भागबण्डा खोजेको सन्देश दिएका छन् ।
कांग्रेसमा विराटनगरबाट पुनः किचलो व्युँतदै गर्दा एमालेभित्र अध्यक्ष ओली निवास गुण्डुमा भएको छलफल र वागमती प्रदेशस्तरीय भेलामा भएका गतिविाधि पार्टी विभाजन लक्षित देखिएको एमाले नेताहरु बताउँछन् ।
एमाले सचिवालय बैठकले अध्यक्ष ओलीको चाहनाविपरीत उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा पार्टी पुनर्गठन कार्यदल गठन भएपछि उनी उपाध्यक्ष र महासचिवप्रति रुष्ट छन् । अध्यक्षको चाहनाविपरीत गठन भएको संयन्त्रको संयोजक थापा भने पुनर्गठनको छलफल अघि बढाउन अनिश्चुक देखिएका छन् । जसका कारण कार्यदल बनेको लामो समयसम्म यसको बैठकसमेत बस्न सकेको छैन ।
ओली पार्टी पुनगर्ठनको विपक्षमा उभिए पनि विगतमा ओलीसँगै रहेका नेताहरू पौडेल, पोखरेलसहितको बहुमत पंक्ति एमाले पुनर्गठनको पक्षमा छ ।
सचिवालयमा अल्पमतमा परेका ओलीले निकट नेताहरुलाई बोलाएर शंकर पोखरेल र विष्णु पौडेलले नै पार्टी फुटाउनका लागि नेतृत्व गरिररहेको आरोप लगाएका हुन् ।
सचिवालय बैठकले पूूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेपछि नेतृत्व नै आफ्नो टीमप्रति रुष्ट देखिँदै आएका छन् ।
ओलीले सार्वजनिक कार्यक्रममा नेतृत्व नछोड्ने भन्दै पार्टी पुनर्गठन गर्नेहरूप्रति कारबाहीसम्मको चेतावनी दिएका थिए । सो अभिव्यक्तिबाट रुष्ट एमाले नेताहरु संस्थागत रुपमै नेतृत्वविरुद्ध लागेका कारण पार्टी फुटको दिशामा अघि वढेको एमालेका नेताहरु बताउँछन् ।
उता सभापति गगन थापाविरुद्धको मोर्चाबन्दीलाई बलियो बनाउँदै लगेका शेखर कोइराला र शशांक कोइराला पक्षधर नेताहरु यथाअवस्थामा पार्टी सग्लो रहन नसक्ने सार्वजनिक अभिव्यक्ति नै दिन थालेका छन् ।
विराटनगरको भेलामा कांग्रेस नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पु¥याएको आरोप नै लगाए ।
पार्टीभित्रको आन्तरिक विवाद र क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर आक्रोशित बनेका बस्नेतले नेतृत्वले जानाजानी पुराना र स्थापित नेताहरूलाई पाखा लगाउन खोजेको आरोप नै लगाए ।
अर्का नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै पार्टी एकता गर्नुपर्ने बताएका छन् । उनका अनुसार पार्टी व्यवहारिक रुपमा फुटिसकेको अवस्थामा छ । उनले पार्टी दुई टुक्रा भएको भन्दै एक मात्र विकल्प एकता रहेको बताए ।
सम्बन्धित समाचार
संसदमा प्रधानमन्त्री शाहको सार्वभौमसत्ताविरोधी अभिव्यक्ति
विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरोध गर्ने
संसदमा रमिता छ !
वीरगन्ज महानगरका महानगर प्रमुख सिंह पक्राउ
रास्वपा सभापति रवि र भाजपाका राष्ट्रिय अध्यक्ष नवीनसँग भेटवार्ता
‘मौकाको बोली’को गलत व्याख्या गर्दै भूतलक्ष्यी कानुन बनाउन सिफारिस
बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले
ओली, लेखक र गुरुङलाई कारबाही गर्ने कानुनको खोजीमा सरकार






