बोलेकै भरमा पर्यटक भित्रिन्छन् ?

नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटक संख्या बढाउन मुखले मात्रै ‘यस्तो गर्ने, उस्तो गर्ने’ भन्नुभन्दा ‘स्किम’सहितको ‘प्याकेज’ ल्याउन जरुरी छ । अन्यथा, नेपाल सरकार एवं नेपाली पर्यटन क्षेत्रका ‘हस्ती’ मानिएका व्यवसायीले वार्षिक ‘यतिउति लाख विदेशी पर्यटक नेपाल भित्र्याउने’ भनेर मुखैले मात्रै औपचारिकता पूरा गर्नका लागि भनिरहने हो भने यसमा भन्नु केही रह“दैन । नेपालमा विदेशी पर्यटक संख्या बढाउन ‘स्किम’सहितको विभिन्न कार्यक्रम र योजना ल्याउने सन्दर्भमा सरकारले ‘के गर्न सक्छ, पर्यटन व्यवसायी के गर्न सक्छन् ?’ भन्ने सम्बन्धमा पनि प्रस्ट हुनुपर्ने जरुरी छ । नेपाल सरकारले गर्नसक्ने भनेकै भ्रमणमा आउने विदेशी पर्यटकलाई निःशुल्क भिषा उपलब्ध गराउनु हो ।

नेपाली पर्यटन क्षेत्रका हस्तीमात्रै नभएर मेरुदण्ड नै मानिएका पर्यटन व्यवसायीले विदेशी पर्यटकलाई लक्जरी, डिलक्स, तारे तथा स–साना पर्यटकस्तरीय होटल, लज, गेस्टहाउस, कटेज अनि होमस्टे सञ्चालकले बेड र खानामा, रेस्टुरेन्ट, पब, डिस्कोलगायत मनोरञ्जनात्मक कार्यक्रम पस्कने हुन् । खानाका परिकार र पेयपदार्थमा सक्दो छुट व्यवस्था तथा प्रवेश शुल्क लाग्ने कार्यक्रम भए त्यस्तामा शुल्क नलिन गर्न सक्छन् । ट्रेकिङ एजेन्सी, ट्राभल एन्ड टुर एजेन्सी, ¥याफ्टिङ एजेन्सी, हवाई सेवा कम्पनी, प्याराग्लाइडिङ, बालुनिङ कम्पनी, ग्लाइडर कम्पनी, स्काई डाइभ, कायाकिङ अपरेटरले पनि आफ्ना तर्फबाट दिनसक्ने हदसम्मका छुट एवं केही हद निःशुल्क सेवासम्म दिन सक्छन् ।

यो प्रसंग यहा“ किन उक्काउन जरुरी छ भने नेपालीले वार्षिक ‘यतिउति लाख विदेशी पर्यटक भित्र्याउने’ भनेर संख्या नै तोकेर ‘नेपाल भ्रमण वर्ष’, ‘पर्यटन वर्ष’, ‘पर्वतीय पर्यटन वर्ष’, ‘लुम्बिनी भ्रमण वर्ष’लगायत पर्यटन प्रवर्धन हिसाबले धेरैपटक औपचारिक कार्यक्रम गरिसकिएका छन् । तर, तोकेको संख्या अर्थात् लक्ष्य पूरा भएको कुनै वर्ष रहेको छैन । संख्याको हकमा बढीमा ६०–६५ देखि ७५–८० प्रतिशतम्म मात्रै लक्ष्य हासिल भएको देखिन्छ ।

हुन त, एक वर्ष अर्थात् सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटककको प्रतिव्यक्ति प्रतिदिन खर्च गराई ६५ अमेरिकी डलर पुगेको थियो । स्मरणीय छ, सो वर्ष केवल १ लाख ५० हजार विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । विदेशी पर्यटकलाई नेपालतर्फ आकर्षित गर्नका लागि विभिन्नखाले ‘प्याकेज’ ल्याउनुपर्ने देखिन्छ ।

यद्यपि, नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको बसाई अवधिमा चाहिँ सन्तोषजनक स्थिति मान्न सकिने अवस्था देखिन्छ । अहिलेसम्म नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको बसाई अवधि प्रतिव्यक्ति १३ देखि १६ दिनसम्म पुगेको छ । तर नेपाल भ्रमणमा आएका विदेशी पर्यटककले प्रतिव्यक्ति प्रतिदिन खर्च गराईचाहिँ ४०.४ देखि ४४.५ अमेरिकी डलरसम्म मात्रै पुगेको देखिन्छ । हुन त, एक वर्ष अर्थात् सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटककको प्रतिव्यक्ति प्रतिदिन खर्च गराई ६५ अमेरिकी डलर पुगेको थियो । स्मरणीय छ, सो वर्ष केवल १ लाख ५० हजार विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । विदेशी पर्यटकलाई नेपालतर्फ आकर्षित गर्नका लागि विभिन्नखाले ‘प्याकेज’ ल्याउनुपर्ने देखिन्छ । उमेर समूह छुट्याएर जस्तै ६०–६५ वर्षमाथिका विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएमा ‘के कस्ता सहुलियत दिन सकिन्छ ?’ त्यसैगरी ६५ वर्षदेखि ७० वर्षसम्मका विदेशी पर्यटकका लागि ‘कस्तो सुविधा दिन सकिन्छ ?’, ७० वर्षदेखि ७५ वर्ष उमेरका विदेशी पर्यटकका लागि ‘कस्ता सहुलियत दिन सकिन्छ ?’ र ‘७५ वर्षदेखि ८० वर्ष उमेर समूहका पर्यटक नेपाल भ्रमण गर्न आएमा त्यस उमेर समूहलाई कस्तो प्रकारको सहुलियत दिन सकिन्छ ? एवंप्रकारले ‘८० वर्षदेखि ८५ वर्षसम्मका पर्यटक कस्ता सहुलियत प्रदान गर्न दिन सकिन्छ त ? र साथै ८५ वर्षमाथिका विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएमा ‘के कस्ता सहुलियत दिन सकिन्छ ?’ भन्ने’bout वर्गीकरण गरेर ‘प्याकेज’ ल्याउनुपर्ने देखिन्छ । विश्वविद्यालय पढ्नै गरेका विदेशी विद्यार्थीको समूह घुम्न आएमा उनीहरूलाई ‘के के सहुलियत दिने ?’, स्कूल–कलेज पढ्दै गरेका विदेशी विद्यार्थीलाई ‘के कस्ता छुट अनि सहुलियत दिने ? विदेशी बालबच्चा (१४–१५ वर्षमुनिका उमेर समूहका) पर्यटकका रूपमा नेपाल भ्रमण गर्न आएमा के के छुट र सहुलियत दिने ? र विदेशी पर्यटकको नवविवाहित जोडीका लागि के कस्ता सहुलियत दिने ?’’bout कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।

पढ्दा–सुन्दा स–साना लाग्ने यस्ता विषयमा हामीले छलफल र बहस गर्न किन पनि जरुरी देखिन्छ भने भुटानजस्तो संख्यात्मक रूपमा विदेशी पर्यटक बढाउनेमात्रै होइन, गुणस्तरीय पर्यटकमा पनि विषेश ध्यान दिने देशले पनि विदेशी पर्यटक बढाउनका लागि नै अनेकौं प्रकारका सहुलियत, छुट र प्याकेज लागू गरेको छ ।

‘स्किम’सहितको विभिन्न कार्यक्रम र योजना ल्याउनुपर्ने सवालमा नेपाल सरकार एवं पर्यटन क्षेत्रका हस्ती मानिएका व्यवसायीले पनि विदेशी पर्यटक भित्र्याउन सन् २०२३ मा हङकङ सरकारले आप्mनो भूमिमा आगमन दर बढाउने उपायका रूपमा ‘हेल्लो हङकङ’ भन्ने मुख्य नारासहित पा“च लाख विदेशी पर्यटकलाई निःशुल्क हवाईटिकट उपलब्ध गराएको थियो । जसको उद्देश्य कोरोना महामारीलगत्तै हङकङमा बढीभन्दा बढी पर्यटक भित्र्याउने थियो । त्यसैले हङकङ सरकारले ‘हेल्लो हङकङ’ ल्याएको थियो भने सो कार्यक्रमले सन् २०२३ मा भ्रमण गर्न आउने विदेशी पर्यटक संख्या बढाउन सफलता प्राप्त ग¥यो । हङकङ सरकारले विदेशी पर्यटक संख्या बढाउने उत्तम उपायका रूपमा लागू गरेको कार्यक्रम’bout ‘साउथ चाइना मर्निङ पोस्ट’, ‘चाइना डेली’लगायत प्रमुख अखबार र अनलाइन संस्करणले पनि समाचार प्रकाशित गरेर सरकारलाई साथ दिएका थिए ।

हङकङ सरकारले विदेशी पर्यटक बढाउने उपायका रूपमा ‘हेल्लो हङकङ’ मूल नारासहित ‘निःशुल्क’ हवाईटिकट उपलब्ध गराएको थियो । जोडी वा परिवार भएका विदेशी पर्यटकले आफ्ना बालबच्चा वा आफन्तलाई पनि सँगै भ्रमण गर्न ल्याएका थिए । जसको फलस्वरुप हङकङ सरकार अतिरिक्त आम्दानी गर्न सफल भयो । पर्यटन प्रवर्धन गर्ने सन्दर्भमा कोरोनामा महामारी साम्य भएलगत्तैको वर्षमा एक देश दुई व्यवस्था रहेको चीनको प्रशासनअन्तर्गत दक्षिण–पूर्वी एसियामा रहेको हङकङले आप्mनो भूमिमा विदेशी पर्यटक आगमन बढाउने उपायका रूपमा सन् २०२३ मा ‘हेल्लो हङकङ’ प्रमुख नारासहित पा“च लाख विदेशी पर्यटकलाई निः शुल्क हवाईटिकट उपलब्ध गरायो ।

हङकङ सरकारले आफ्नो भूमिमा सन् २०२३ मा भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या धेरैभन्दा धेरै पु¥याउने उपायका रूपमा घोषणा गरेको यस विशेष कार्यक्रमलाई हङकङ, मकाउ, मलेसिया, चीनलगायत देशको समाचारपत्र एवं अनलाइन संस्करणले पनि महŒवसाथ समाचार प्रकाशित गरेर प्रचारप्रसारमा साथ दिएका थिए ।

नेपालले पनि विदेशी पर्यटक संख्या बढाउन मुखले मात्रै ‘नेपालमा वार्षिक यति लाख विदेशी पर्यटक भित्र्याउने’ भनेर घोषणा नगरेर अबका दिन विदेशी पर्यटक संख्या ‘कति जना भएमा के कस्ता सहुलियत दिन सकिन्छ ? कस्ताखाले विदेशी पर्यटक भए केकस्ता सहुलियत दिन सकिन्छ ?’ भन्ने सम्बन्धमा छलफल र बहस गरेर केही न केही सहुलियत तथा छुटका साथै विभिन्न ‘प्याकेज’ कार्यक्रम ल्याउँदा धेरै राम्रो हुने देखिन्छ ।
(लेखकको यो निजी विचार हो ।)

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी