यम बरालले एक साथ गरे तीन गीत सार्वजनिक

काठमाडौं । गायक यम बरालले आफ्नो स्वरमा एकसाथ ३ वटा गीतहरू सार्वजनिक गरेका छन् । राजधानीमा एक कार्यक्रमबिच हास्यव्यंग्य अभिनेता मदन कृष्ण श्रेष्ठ, अग्रज संगीतकार दीपक जंगम, अभिनेत्री दिपाश्री निरौलालगायतले उनका गीतहरू सार्वजनिक गरेका हुन् ।

यमले ‘यो साँझ फेरी’, ‘जुन र सुनको’ र ‘टेन्डर माया’ गीत दर्शकमाझ ल्याएका छन् । जस मध्य ‘यो साँझ फेरी’मा राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’को संगीत छ । केशव राज भट्टले निर्देशक गरेको यो गीतको भिडियोमा जुना कार्कीसँग गायक यम बरालले अभिनय गरेका छन् ।
यस्तै दोस्रो गीत ‘जुन र सुनको’ रचना सञ्जय बरालले गरेका हुन् । जसमा विकास चौधरीको संगीत छ । गीतको भिडियोलाई गीतकार सञ्जय बरालले नै निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा गायक यम बरालले मोडल श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुसँग अभिनय गरेका छन् । भिडियोमा विक्रम डिसीको छायांकन र विकाश धमलाको सम्पादन छ ।

तेस्रो गीत ‘टेन्डर माया’मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत रहेको छ । नितिन चन्दले निर्देशन गरेको यो गीतको भिडियोमा सन्दिपा गौतम, नवीन महतरा क्षेत्री, रसिला श्रेष्ठ र गायक बरालले नै अभिनय गरेका छन् । यी तीन वटै गीतको भिडियो कार्यक्रममा रिलिज गरिएको थियो । कार्यक्रममा गायक बरालले लामो समयपछि आफू मूलधारको संगीतमा फर्किएको बताए ।

साथीहरूको सल्लाहमा आफूले आफ्नो तीन वटै गीतको भिडियोमा अभिनय गरेको पनि यमले कार्यक्रममा प्रष्ट पारे । लामो समयदेखि अमेरिका बस्दै आएका उनले अबका दिनमा नेपालमा रहेर बर्सेनि गीत संगीत सृजना गर्ने पनि सो कार्यक्रममा घोषणा गरे । यसै गरी आफू चलचित्र निर्माणको तयारीमा रहेको पनि गायक यम बरालले राजधानीलाई बताए ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान