सञ्चारमन्त्री जगदीश खरेल राजीनामा दिँदै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज साढे पाँच बजे पदबाट राजीनामा दिने भएका छन् । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा ललितपुर निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने तयारीस्वरूप उनले राजीनामा दिन लागेका हुन् ।

स्रोतका अनुसार खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिने तयारीमा छन् । उनको राजीनामासँगै ललितपुर–२ को राजनीतिक समीकरण थप चासोको विषय बनेको छ । निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलहरूबीच उम्मेदवार चयन र रणनीतिमा तीव्रता आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ