आकर्षण इन्टरनेसनल र लालधनुषले ८ सय श्रमिक निःशुल्क मलेसिया लैजाने

काठमाडौं । लामो समयदेखि संस्थागत रूपमा नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम गर्दै आएका म्यानपावर कम्पनीहरू आकर्षण इन्टरनेसनल प्रालि र लालधनुष इन्टरनेसनल सर्भिसेज प्रालिले आठ सयजना कामदारलाई निःशुल्क मलेसिया लैजाने भएको छ ।

मलेसियन बहुराष्ट्रिय कम्पनी वेस्टर्न टेक्नोलोजी एसडीएन बीएनडीमा आकर्षक तलब, खाने बस्ने राम्रो व्यवस्थासहित नेपाली श्रमिकलाई निःशुल्क रूपमा उत्पादनमूलक कामका लागि यस वर्ष कुल आठसयजनालाई मलेसिया लैजान लागेको हो ।

अहिले कामदारलाई वैदेशिक रोजगारीमा पठाउन सरकारले तोकेको न्यूनतम लागत खर्च प्रतिव्यक्ति १० हजार रुपैयाँ एकदमै अपुग भएको भन्दै अधिकांश वैदेशिक रोजगार व्यवसायीले लागत खर्च बढाएर १ लाख रुपैयाँ भन्दाबढी पु¥याउन माग गरिरहेको बेला काठमाडौंको सिनामंगलस्थित आकर्षण इन्टरनेसनल र कपनस्थित लालधनुष इन्टरनेसनल सर्भिसेज प्रालिले अन्तर्वार्तामा सहभागी भई वैदेशिक रोजगारीमा जाने कामदारलाई हवाई टिकट, मेडिकललगायत सम्पूर्ण खर्च निःशुल्क मात्र नभएर उल्टै विभिन्न जिल्लाबाट काठमाडौं आउँदा लाग्ने बाटो खर्च, होटल बस्न र यदि राहदानी नबनाइकन पहिलोपटक मलेसिया जान खोज्नेहरूलाई राहदानी बनाउँदा लाग्ने खर्चसमेत दिएर मलेसिया लैजान लागेको आकर्षण इन्टरनेसनलका अध्यक्ष विष्णु केसीले जानकारी दिए ।

स्वदेशमा भनेजस्तो काम नपाएर वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि एकदम सुनौलो अवसरका रूपमा लिएको यी दुई म्यानपावर कम्पनीको निःशुल्क कामदार पठाउने काम देशको वैदेशिक रोजगारीको क्षेत्रमै उदाहरणीय भएको सो म्यानपावर कम्पनीले जनाएको छ ।

कामदारसँग एक पैसा नलिएर उल्टै जानुभन्दा अघि नै कामदारको बैंक खातामा बाटो र होटल खर्च हालिदिने व्यवस्था गरेको आकर्षण इन्टरनेसनलका अध्यक्ष केसीले जानकारी दिए । यी दुई म्यानपावर कम्पनीले नेपाली कामदारलाई मलेसियाको रोजगारदाता बहुराष्ट्रिय कम्पनी वेस्टर्न टेक्नोलोजी एसडीएन बीएनडीसँग भएको सम्झौताबमोजिम सन् २०२६ को एकवर्षको अवधिभित्र आठसयजना नेपालीलाई निःशुल्क लैजान लागेका हुन् । जसका लागि अहिले धमाधम प्रि–अन्तर्वार्ता र फाइनल अन्तर्वार्ता भइरहेको सो म्यानपावर कम्पनीले जनाएको छ ।

नेपाली कामदारका लागि देशकै उदाहरणीय यस्तो कार्यका ’boutमा जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आकर्षण इन्टरनेसनल प्रालिका अध्यक्ष केसी र प्रबन्ध निर्देशक मिलन थापा तथा लालधनुष इन्टरनेसनल सर्भिसेजका अध्यक्ष आङनवाङ शेर्पाले कुल ८ सयमध्ये साझेदार दुईवटा कम्पनीबाट ४÷४ सय कामदार निःशुल्क मलेसिया पठाउने तयारी भइरहेको बताएका हुन् ।

उनीहरूले अहिलेसम्म प्रि–अन्तर्वार्ता जारी रहेको र बिहीबार फाइनल अन्तर्वार्ताका लागि मलेसियाको सम्बन्धित रोजगारदाता कम्पनीका उच्च प्रतिनिधिहरू बुधबार नेपाल आइपुगेको जानकारी गराए । विगत १० वर्षदेखि ‘इथिकल रिकुटमेन्ट प्रोटोकल’ मा आधारित शून्य लागतमा उल्टै होटल र बाटो खर्च दिएर नेपाली कामदारलाई मलेसियाको आकर्षक रोजगारीमा पठाउँदै आएको आकर्षण इन्टरनेसनलले यसअघि सन २०२२ मा पनि ३ सय जनालाई निःशुल्क मलेसिया पठाएको थियो ।

अहिले सन् २०२६ का लागि दुईवटा कम्पनीलाई कुल ८ सय कामदार पठाउने कोटा प्राप्त भएकोमध्ये आङ्खनो कम्पनीबाट ३ सय जना पुरुष र १ सय महिला गरी ४ सयजना नेपाली कामदारलाई मलेसिया पठाउन लागिएको आकर्षण इन्टरनेसनलका अध्यक्ष केसीले जानकारी दिए ।

अहिलेसम्म हजारौं युवा प्रि–अन्तर्वार्तामा सहभागी भएको बताउँदै केसीले भने, ‘यो अवसरलाई सदुपयोग गर्न हामी सम्पूर्ण नेपालीलाई आह्वान गर्दछौं ।’

अहिलेसम्म नेपालमै पहिलोपटक उदाहरणीय रूपमा निःशुल्क कामदार लैजान आफूहरूको कम्पनीबाट मलेसियन बहुराष्ट्रिय रोजगारदाता कम्पनीसँग भएको सम्झौताबमोजिम कामदार गइरहेको दाबी गर्दै उनले अनेक आश्वासन र बिचौलियाको फन्दामा परेर वैदेशिक रोजगारीका नाममा धेरै कामदारले दुःख पाइरहेको अवस्थाकाबीच आफूहरूले गरेको यस्तो कामबाट थप हौसला मिलेको बताए ।

अन्तर्वार्तामा सहभागी भई वैदेशिक रोजगारीमा जाने कामदारलाई हवाई टिकट, मेडिकललगायत सम्पूर्ण खर्च निःशुल्क मात्र नभएर उल्टै विभिन्न जिल्लाबाट काठमाडौं आउँदा लाग्ने बाटो खर्च, होटल बस्न र यदि राहदानी नबनाइकन पहिलोपटक मलेसिया जान खोज्नेहरूलाई राहदानी बनाउँदा लाग्ने खर्चसमेत दिएर मलेसिया लैजान लागिएको छ

अहिलेसम्म निःशुल्क नेपाली कामदार पठाउँदै आएका यी दुई म्यानपावर कम्पनी र मलेसियन रोजगारदाता कम्पनीबीच भएको सम्झौतापत्रमा मलेसियन कम्पनीले नेपाली कामदार आङ्खनो कम्पनीसम्म पुग्दा लाग्ने सबै खर्च दिने उल्लेख छ । मलेसियाको रोजगारदाता बहुराष्ट्रिय कम्पनी उत्पादनमूलक ठूलो कम्पनी हो । यस उद्योगले विद्युतीय सामान उत्पादन गर्दै आएको छ ।

सम्झौता बमोजिम छनोटभई मलेसिया जाने कामदारको सबै लागत खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नेछ । जसमा राहदानी, बीमा, कल्याणकारी कोष, हवाई टिकट, सामाजिक सुरक्षा कोष, काठमाडौंमा होटलमा बसेको सबै खर्च, घरदेखि काठमाडौंसम्म बसमा आउने यातायात खर्च समेत समेटिएको छ । सो कम्पनीमा जाने नेपाली कामदारले न्युनतम् मासिक १७ सय रिंगेट बेसिक र त्यसमा खानेबस्ने तथा अन्य विविध सुविधा पाउने छन् ।

काठमाडौं आइपुगेका रोजगारदाता मलेसियन कम्पनी वेस्टर्नका प्रतिनिधि एडसनले यसअघि नेपालबाट लगिएका कामदारको कामबाट प्रभावित भएर थप श्रमिक लैजान लागिएको बताए ।

लालधनुष म्यानपावरका निर्देशक निमा शेर्पाले आफूहरूले सुरुदेखि नै मानवअधिकारको सम्मान हुने हिसाबले कामदार पठाइरहेको बताइन् । सो कम्पनीमा नेपालीलगायत हजारौं आप्रवासी कामदार कार्यरत छन् । मलेसियाको यस कम्पनीमा काम गर्ने कामदारले अन्तर्राष्ट्रिय मानवअधिकारको सम्पूर्ण हक अधिकार प्राप्त गर्ने भएकाले अन्य कम्पनीहरूभन्दा धेरै राम्रो एवं सुविधासम्पन्न भएको आकर्षण र लालधनुष इन्टरनेसनलको दाबी छ ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

epaper

ताजा समाचार

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना