काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट मंगलबार ठूलो परिमाणको लागूऔषध तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेम भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बाराको कलैया–५ घर भएका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुंगाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी थान बस्ने २४ वर्षीय दीपक राई छन् । भारतबाट अवैधरूपले नेपाल ल्याई सो लागूऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।
त्यसबेला सो टोलीले उनीहरूको साथबाट डामाडोल नामक लागूऔषध १ लाख २० हजार क्याप्सुल, टाटा कम्पनी को BAC ७०१७ नम्बर एउटा हात्ती गाडी, बागमती प्रदेश ०२–०६५प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल ३ थान र नेपाली रुपैयाँ समेत बरामद गरेको जनाइएको छ । नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद लागूऔषध, नेपाली रुपैयाँ, मोटरसाइकल र मोबाइल सेटसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले बताए ।
सम्बन्धित समाचार
उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता
बाल मन्दिरमा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर
मुगुमा पहिरोले घर पुरिँदा तीन वर्षीय छोराको मृत्यु, बाबुआमा घाइते
न्युजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
सशस्त्र प्रहरी स्कुलका भ्रष्टाचार अभियुक्तलाई थुनेरै अनुसन्धान
एमाले नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
देवानगञ्जको स्थिति सामान्यतर्फ उन्मुख
सुर्खेतको हलकण्डरामा जिप दुर्घटना, १२ जना घाइते






