मोरङमा अर्को सुचना जारी नभएसम्म ‘डिजे’ बजाउन प्रतिबन्ध

विराटनगर, । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर  ‘डिजे’ बजाउन निषेध गरेको छ । मोरङ प्रशासनले सोमबार एक सूचना जारी गर्दै अर्को सुचना जारी भएसम्मका लागि डीजे अर्थात चर्को स्वरमा बजाउन रोक लगाएको हो ।

छिमेकी जिल्ला सुनसरीमा गत आइतवार राती भएको झडपमा १ जनाको ज्यान गए पछि तनाबग्रस्त बनिरहेको बेला मोरङले जिल्ला भित्र कुनै पनि प्रकारको डिजे बजाउन प्रतिबन्ध लगाएको हो।

जिल्ला प्रशासन कार्यालयले आज गरेको सुचना अनुसार मोरङ जिल्ला भित्र आयोजना हुने मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराणलगायतका कुनै पनि कार्यक्रममा डीजेको प्रयोग गर्न पाइने छैन ।

‘यो सूचना विपरीत कसैले डिजेको प्रयोग गरे वा गराएको पाइएमा कानून बमोजिम कारबाही गरिनेछ,’ सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा भनिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने चेतावनी