धनगढी उपमहानगरद्वारा निःशुल्क पार्किङ स्थलको व्यवस्था

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले धनगढी बजार क्षेत्रमा सर्वसाधरणहरुलाई सवारी साधन पार्किङ गर्न समस्या भएपछि निःशुल्क पार्किङ स्थल बनाएको छ । उपमहानगरपालिकाले नगरपालिकारोडस्थित स्वास्थ्य र महिला शाखा कार्यालय अगाडीको खाली जग्गामा निःशुल्क पार्किङ स्थल बनाएको हो ।

राष्ट्र बैंक चोकदेखि एलएन चोक जाने बाटोमा पर्ने उक्त पार्किङ स्थललमा मोटरसाइकल, स्कुटी, कार र जीप निःशुल्करुपमा पार्किङ गर्न सकिने व्यवस्था गरिएको उपमहानगपालिकाले जनाएको छ ।

सडक क्षेत्रमै गरिने पार्किङले सडक साघँुरो भई यातायात सेवा अवरुद्ध हुने समस्या समाधान भई सवारी साधनलाई सुरक्षित तवरले राख्न निःशुल्क पार्किङ स्थलको व्यवस्था गरिएको उपमहानगरपालिकाको भनाई रहेको छ ।

धनगढी नगरप्रमुख गोपाल हमालले सोमबार सामाजिक सञ्जालमा एक पोष्ट सार्वजनिक गर्दै उक्त पार्किङ स्थलमा आफ्ना सवारी साधन निःशुल्करुपमा पार्किङ गर्न अनुरोध गरेका छन् । उपमहानगरपालिकाले पार्किङ स्थलको सरसफाइ गरी सम्याएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

चार यातायात व्यवसायी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार