काठमाडौं । मंगलबार रातिदेखि मौसममा आएको बदलीसँगै मुलुकका विभिन्न उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा भारी हिमपात भएको छ । मुस्ताङदेखि सुदूरपश्चिमका बैतडी र बाजुरासम्मका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेर जनजीवन प्रभावित बने पनि हिउँदे बाली सप्रने आशमा कृषकहरू भने उत्साहित देखिएका छन् । मुस्ताङमा मंगलबार रातिदेखि नै भारी हिमपात भएको छ । मुस्ताङका अधिकांश स्थानमा वर्षा र हिमपातका कारण कागबेनी–कोरला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ ।












तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)
सम्बन्धित समाचार
कैलालीको ४ वटा निर्वाचन क्षेत्रमा पूर्वमन्त्री र नयाँ अनुहारबीच प्रतिस्पर्धा
धनगढीमा सुरु भयो ‘सिप तथा रोजगार मेला २०८२’
अन्तरिम सरकारका ४ मन्त्री चुनावी मैदानमा
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका पाँच जना विरुद्ध उजुरी
संयोजक ‘प्रचण्ड’ सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त
प्रहरीविरुद्ध सुसाइड नोट लेख्दै महिलाद्वारा आत्महत्या
दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो
सुर्खेत क्षेत्र–१: साहिँलो भाइले जोगाउँलान् पूर्णबहादुरको बिरासत ?






