हिउँको घुम्टोमा पश्चिम पहाड (तस्बिरहरू)

काठमाडौं । मंगलबार रातिदेखि मौसममा आएको बदलीसँगै मुलुकका विभिन्न उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा भारी हिमपात भएको छ । मुस्ताङदेखि सुदूरपश्चिमका बैतडी र बाजुरासम्मका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेर जनजीवन प्रभावित बने पनि हिउँदे बाली सप्रने आशमा कृषकहरू भने उत्साहित देखिएका छन् । मुस्ताङमा मंगलबार रातिदेखि नै भारी हिमपात भएको छ । मुस्ताङका अधिकांश स्थानमा वर्षा र हिमपातका कारण कागबेनी–कोरला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ ।

हिमपातपछि सेताम्मे देखिएकाे बैतडीकाे सिगास गाउँपालिका-९ बाटुले टोल आसपासको क्षेत्र । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको छ । तस्बिर : डम्बर बोहरा / रासस

हुम्लामा मङ्गलबार रातिदेखि हिमपात भएपछि बुधबार बिहान हिउँले सेताम्मे देखिएकाे सदरमुकाम सिमकोट आसपास क्षेत्र । तस्बिर : दाने बोहरा / रासस

डोल्पामा हिमपात डोल्पा, १४ माघः डोल्पाको जगदुल्ला गाउँपालिका वडा नं २ काइगाउँका स्थानीय घरको छानोमा परेको हिउँ पन्छाउँदै। मङ्गलबार रातिदेखि तल्लो डोल्पाको मध्यम र माथिल्लो डोल्पामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। तस्बिरः लेखबहादुर बुढा/रासस
डोल्पामा हिमपात डोल्पा, १४ माघः डोल्पाको जगदुल्ला गाउँपालिका वडा नं २ काइगाउँमा भएको हिमपात । मङ्गलबार रातिदेखि तल्लो डोल्पाको मध्यम र माथिल्लो डोल्पामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। तस्बिरः लेखबहादुर बुढा/रासस

रुकुम पूर्व र बागलुङको सिमानास्थित पातिहाल्नामा भएको हिमपात।
रुकुम पूर्व र बागलुङको सिमानास्थित पातिहाल्नामा भएको हिमपात। हिमपातका करण जनजीवन प्रभावित हुनुका साथै मध्यपहाडी लोकमार्ग अवरुद्धभएको छ । तस्बिरः सर्जना कार्की/रासस
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी बजारमा परेको हिउँ । हिउँ परेपछि जनजीवन प्रभावित भएको छ । तस्बिरः सुन्दरकुमार थकाली/रासस
तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

epaper

ताजा समाचार

बालेनको चुनावी प्रचारमा अछाममा बेहोस भई ढलेका पत्रकार सिटौलाको निधन