बालेनको प्रचारमा गएका दिनेश सिटौला बेहोस, हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी प्रचार अभियानमा सहभागी एक व्यक्ति अछाममा अस्वस्थ भई बेहोस भएपछि हवाई उद्धार गरी काठमाडौँ ल्याइएको छ।

अछाम जिल्ला प्रशासनका अनुसार नुवाकोट निवासी ४४ वर्षीय दिनेश सिटौला बिहीबार बिहान अचानक अचेत अवस्थामा फेला परेका थिए। स्वास्थ्य अवस्थाको गम्भीरता देखिएपछि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी उनलाई काठमाडौँ स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जानकारी दिएका छन्।

प्रशासनका अनुसार सिटौला काठमाडौँबाटै साहसँगै प्रचार अभियानमा सहभागी भई अछाम पुगेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

epaper

ताजा समाचार

सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु