युएईको ५४ औं राष्ट्रिय दिवसमा २६७ नेपाली कैदीलाई माफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को ५४ औं राष्ट्रिय दिवस ईद अल इतिहाद को अवसरमा २६७ जना नेपाली नागरिक कैदीहरूलाई प्रदान गरिएको आममाफीप्रति नेपाल सरकारले युएई सरकारप्रति गहिरो कृतज्ञता तथा उच्च सम्मान व्यक्त गरेको छ।

नेपाल र युएईबीच विद्यमान मैत्रीपूर्ण, सौहार्दपूर्ण तथा आपसी विश्वासमा आधारित द्विपक्षीय सम्बन्धको सशक्त अभिव्यक्तिका रूपमा यस मानवीय निर्णयलाई नेपाल सरकारले अत्यन्तै सकारात्मक रूपमा लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। माफीको यो निर्णयले युएई सरकारको मानवीय संवेदनशीलता, करुणा र मित्रतापूर्ण कूटनीतिक दृष्टिकोणलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको मन्त्रालयको धारणा छ।

परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार अबुधाबीस्थित नेपाली दूतावासले निरन्तर कूटनीतिक पहल गर्दै पटक–पटक अनुरोध गरेपछि युएईको मैत्रीपूर्ण सरकारले नेपाली नागरिकहरूलाई माफी दिने निर्णय गरेको हो। यस निर्णयले विदेशमा रहेका नेपाली नागरिकप्रति नेपाल सरकारको संरक्षण र कूटनीतिक प्रयासको प्रभावकारिता समेत झल्काएको छ।

माफी पाएका नेपाली नागरिकहरू, यदि उनीहरूमाथि अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको खण्डमा, युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्कन सक्नेछन्। लामो समयदेखि कारागार जीवन बिताइरहेका नेपाली नागरिकहरूका लागि यो निर्णयले नयाँ जीवनको अवसर र परिवारसँग पुनर्मिलनको आशा बोकेको नेपाल सरकारको विश्वास छ।

नेपाल सरकारले यस अवसरमा युएई सरकारप्रति पुनः एकपटक हार्दिक धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि दुवै राष्ट्रबीचको मैत्री, सहकार्य र मानवीय साझेदारी अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेको छ। आममाफी पाएका नेपालीहरु के मुद्धामा जेल परेका थिए भन्ने ’bout केहि खुलाईएको छैन।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

दैलेख २ मा दिक्पाल–लक्ष्मी फेरि आमने सामने