काठमाडौं । नेपाली काँग्रेसको १५ औं महाधिवेसनले गत वर्षको २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको मूल भावना मानिएको राजनीतिको पुस्तान्तरणलाई महाधिवेसनमार्फत अनुमोदन गरेको छ ।
पुस्तान्तरणको एजेण्डा उठाएर भएको आन्दोलन आफ्नै राजनीतिक र नैतिक हैसियतको विषयमा आलोचना भईरहँदा नेपाली काँग्रेसमा भने विशेष महाधिवेसनबाट तेस्रो पुस्तालाई नेतृत्वमा स्थापिद गर्दै नियमत महाधिवेसनबाट अनुमोदन गरिएको छ ।
पदाधिकारीमा युवा बर्चस्व ३५ वर्षमुनिका २१ युवा केन्द्रीय सदस्य
महाधिवेसनमा उल्लेख्य मात्रामा आएका युवा प्रतिनिधिहरुले पदाधिकारीमा युवा बर्चस्व स्थापित गरेका छन् भने ३५ वर्ष मुनिका २१ जनालाई केन्द्रीय सदस्य नै निर्वाचित गराएका छन् ।
परम्परागत राजनीतिक दलको नेतृत्व, कार्यशैली र जवाफदेहितामाथि प्रश्न उठाएपछि नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनबाट पुस्तान्तरणको सन्देश दिएको हो । करिब आठ दशक लामो इतिहास बोकेको कांग्रेसमा सभापतिदेखि केन्द्रीय सदस्यसम्म नयाँ पुस्ताको प्रतिनिधित्व बढेको छ ।
गत वर्षको जेनजी आन्दोलनले भ्रष्टाचार, सुशासनको अभाव र पुराना राजनीतिक दलप्रतिको असन्तुष्टिलाई सडकमा अभिव्यक्त गरेको थियो । त्यसपछि दलभित्र नेतृत्व परिवर्तन र युवालाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने माग बलियो बनेको थियो । कांग्रेसको महाधिवेशनमा पनि पुस्तान्तरणलाई संगठनात्मक संरचनामै समेट्ने प्रयास देखिएको छ ।
कांग्रेसले केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका युवाका लागि २१ सिट आरक्षित गरेको छ । यस व्यवस्थाअन्तर्गत खुलातर्फ सात र प्रदेशगत खुला तथा महिला समूहबाट १४ जना निर्वाचित भएका हुन् । प्रदेशगत प्रतिनिधित्वमा सात महिला समेटिएका छन् ।
खुलातर्फ सचिन तिमल्सेना, अभिषेक आत्रेय, सुशील भट्ट, आयुष बगाले, आदर्श मल्ल, रोशन बस्नेत र शैलेश मिश्र निर्वाचित भएका छन् । प्रदेशगत समूहबाट कोसीमा हेमकाजी बस्नेत र योशिका भट्टराई, मधेशमा गौरव पाण्डे र ममता शर्मा तथा बागमतीमा अंशुल केसी र रजनी थापा निर्वाचित भएका छन् ।
त्यस्तै, गण्डकीबाट सुवास पौडेल र कला पन्त, लुम्बिनीबाट अनुराग खड्का र सुष्मा पाण्डे, कर्णालीबाट मोहन राना र भगवती शाही तथा सुदूरपश्चिमबाट भुवनराज भट्ट र रीता शाही केन्द्रीय सदस्य बनेका छन् ।
युवा सहभागिता आरक्षित सिटमा मात्र सीमित नभै ४० वर्षमुनिका नेताहरू पनि खुला प्रतिस्पर्धा र पदाधिकारी तहमा पुगेका छन् । मुस्लिम समूहबाट फिरदोस आलम सहमहामन्त्री निर्वाचित हुनु युवा हस्तक्षेपको उदाहरण भएको काँगेस नेताहरु बताउँछन् ।
नवनिर्वाचित सभापति थापालाई १५औँ महाधिवेशनको भावना अनुसार कांग्रेसले नयाँ पुस्तालाई परिचालन गरेर भविष्य बनाउने आधार मिलेको नेताहरुले प्रतिक्रिया दिएका छन् । पार्टीको सँस्थापक सभापतिको नाम थाहा नपाएका प्रतिनिधहरु समेत सहभागी भएको भन्दै महाधिवेसनका जेनजी प्रतिनिधिहरु चर्चामा समेत आएको यस महाधिवेसनले भविष्य बोक्ने क्षमतावान युवा पाएको सभापति थापाले बताएका छन् ।
सभापतिको सपथ ग्रहण आज, अन्यको दशैंपछि
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आज (शनिबार) शपथ लिने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो २ बजे शपथग्रहण कार्यक्रम हुने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।
निर्वाचन समितिले यसअघि सबै निर्वाचित पदाधिकारी तथा सदस्यको शपथ दसैँपछि गर्ने तयारी गरेको थियो । तर सभापतिको शपथ भने फूलपातीका दिन नै गर्न लागिएको हो । अन्य पदाधिकारी तथा सदस्यको शपथ दसैँपछि गरिने कटुवालले बताए ।
असोज २३ गते भएको मतदानपछि सुरु भएको मतगणना शुक्रबार बिहान सकिएको थियो । सभापतिको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो भने अन्य पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको थियो ।
कटुवालका अनुसार यसपटक ७ हजार ३९२ मतदाताको मतगणना एक सातामै सकिएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो ।
यसपटक मतगणना सुरु भएकै दिनदेखि दिनरात गरी करिब २५ समूह बनाएर गणना गरिएको उनले बताए। मतदान तथा मतगणना प्रक्रिया विवादरहित र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको उनको भनाइ छ ।
महाधिवेशनमा २२९ पदका लागि निर्वाचन भएको थियो । कुल ७७ प्रकारका पदमा उम्मेदवारी परेको र प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो । यसक्रममा करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित समाचार
कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास
संसद् र समाजमा ‘खुला मञ्च’को खाँचो छः गगन थापा
कांग्रेस महाधिवेशनमा कुल ७,११४ मतदाता (नामावलीसहित)
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’
राठौरले उम्मेदवारी फिर्ता लिएँ, सभापतिमा गगनलाई समर्थन
कांग्रेसलाई एकताबद्ध र गतिशील पार्टी बनाउने नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलको प्रतिबद्धता
कांग्रेस मतगणना २३ ठाउँमा जारी
देउवा समूहमा पालिका प्रमुख–उपप्रमुख तथा सङ्घ र प्रदेश सांसद स्वतः महाधिवेशन प्रतिनिधि






