चलचित्र धुरन्धरको गीतलाई गिनिज अफ वल्र्ड रेकर्ड

मुम्बई । गत ५ डिसेम्बरमा रिलिज भएको बलिउड चलचित्र ‘धुरन्धर’ अहिले पनि विश्वका विभिन्न चलचित्र घरमा प्रदर्शन भइरहेको छ । रणवीर सिंह, अक्षय खन्ना, सञ्जय दत्त, अर्जुन रामपाल र आर. माधवनको मुख्य भूमिका रहेको यो चलचित्रको दोस्रो सिक्वेल अहिले निर्माण भइरहेको छ । यो चलचित्रले भारतमा मात्रै ८३६ करोड रुपैयाँ कमाएको छ । अझै केही चलचित्र घरबाट कमाउने क्रम जारी छ ।

यसै चलचित्रमा राखिएको बहराइनका -यापर फ्लिपपराचीको गीत ‘फासला…’ले नयाँ रेकर्ड बनाएको छ । चलचित्र रिलिज भएसँगै यो गीतले निकै चर्चा पाएको छ । ‘धुरन्धर’को यो गीतले आधिकारिक रूपमा गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएको छ । यो गीतका ¥यापरले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै यो जानकारी साझा गरेका छन् ।

यो गीत पहिले नै भारतसँगै संसारमै लोकप्रिय बनेको थियो । यसले ¥यापर फ्लिपपराचीलाई रातारात स्टार बनाएको छ । यो गीतले बिल बोर्ड अरेबिया चार्टको शीर्षमा सबैभन्दा लामो समयसम्म रहेर गिनिज वल्र्डमा रेकर्ड बनाएको हो ।

यो गीत बिल बोर्ड अरेबियाको चार्टको शीर्षमा पुग्यो, जसमा ‘शीर्ष १०० कलाकार’ ‘हट १०० गीतहरू’ ‘शीर्ष ५० खलीजी’, र ‘शीर्ष ५० अरबी हिप हप’मा समावेश भएर सबैमा पहिलो स्थानमा पुग्दै सबै भन्दा बढी समय पहिलो स्थानमा रहेको रेकर्ड बनाएको हो । भारतमा, पनि गीतले धेरै प्लेटफर्महरूमा शीर्ष स्थान हासिल गर्यो ।

फ्लिपपराची गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन पाउँदा धेरै खुसी छन्। उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘गिनीज वल्र्ड रेकर्ड, मेरो गीत ! यो एक महान् अनुभूति हो। यो गीत त्यस्तो भाषा (हिन्दी) मा प्रसिद्ध भएको छ, जहाँ यो गाइएको थिएन र मलाई भनिएको थियो कि यो गीत चार फरक चार्टमा शीर्ष स्थानमा पुगेर गिजिन वल्र्ड रेकर्ड बनेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक