गर्भ बसेपछि बलात्कार भन्दै प्रहरीमा उजुरी

सांकेतिक तस्वीर

स्याङ्जा । लामो समयसम्म महिनावारी नभएको र पेट दुख्दै गएको भन्दै स्याङ्जाको अर्जुनचौपारीकी एक युवतीले नातामा दाजु पर्ने एक युवकमाथि बलात्कार आरोपमा उजुरी दिएकी छन् । युवतीको उजुरीपछि प्रहरीले युवकलाई पक्राउ गरेको छ । प्रहरीले ती युवकको नाम पनि सार्वजनिक गरेको छैन ।
ती युवतीको उमेर १९ र आरोपितको उमेर ४० रहेको छ । ती युवती गर्भवती रहेको प्रहरीले जनाएको छ ।
आरोपित व्यक्तिलाई जिल्ला अदलातबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 377 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो