‘साउथवेस्टर्न’ विज्ञान प्रदर्शनी सम्पन्न

काठमाडौं । आधुनिक प्रविधिसँग अनुकूलन हुँदै नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित १४औँ ‘साउथवेस्टर्न विज्ञान प्रदर्शनी तथा करियर इन म्यानेजमेन्ट’ सम्बन्धी दुईदिने कार्यक्रम आज सम्पन्न भएको छ ।

साउथवेस्टर्न कलेजको आयोजनामा भएको दुईदिने विज्ञान प्रदर्शनीमा विज्ञान, व्यवस्थापन, नवीन आविष्कारलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित ६० भन्दाबढी विद्यालय तथा कलेजका प्रदर्शनी कक्षा राखिएका थिए ।

प्रदर्शनीको उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले गुणस्तरीय जनशक्ति उत्पादन र समावेशी शिक्षाको प्रवर्द्धनमा कलेजले पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक दक्षता अभिवृद्धि र भविष्य निर्माणमा निरन्तर नगरपालिकाको निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कलेजका प्राचार्य डा राजेन्द्र केसीले आजको शिक्षामा नवप्रवर्तन र स्वतन्त्र सोच आवश्यक रहेको बताउँदै विद्यार्थीलाई चुनौती र समस्यासँग सामना गराइएमा उनीहरूले छिटो सिक्ने विश्वास व्यक्त गरे । उनले सिकाइले विद्यार्थी आत्मनिर्भर बन्न, स्थानीयदेखि अन्तरराष्ट्रिय तहसम्म प्रतिस्पर्धी बन्न, व्यावहारिक सिकाइलगायतका लागि प्रदर्शनी अत्यन्त प्रभावकारी माध्यम रहेको उल्लेख गरे ।

प्याब्सन काठमाडौंका केन्द्रीय अध्यक्ष गोपाल आचार्यले गुणस्तरीय शिक्षा, लगानी प्रवद्र्धन, विद्यार्थीको प्रवर्द्धन, विद्यार्थीको उज्ज्वल भविष्य, नवप्रवर्तन तथा सिर्जनशीलताको विकासका लागि साउथवेस्टर्न कलेजले उल्लेखनीय कार्य गरिरहेको बताए ।

साउथवेस्टर्न कम्पनी सेक्रेटरी राजेन्द्र लामिछानेले समग्र शिक्षा प्रणाली तथा अर्थतन्त्रलाई सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । प्रदर्शनीकी संयोजक सरिता शाक्य प्रधानले यो प्रदर्शनीले विद्यार्थीलाई सिक्ने, आफ्नो प्रतिभा प्रदर्शन गर्ने र प्रतिस्पर्धी बन्ने अवसर प्रदान गरेको छ भने ।

सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित प्रदर्शनीमा ग्रीनसिटी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर, कीर्तिपुर आँखा अस्पतालको सहयोगमा आँखा परीक्षण कार्यक्रम, ओम समाज डेन्टलसँगको सहकार्यमा दाँत परीक्षण सेवा, हेड्स नेपालसँगको सहकार्यमा रक्तदान कार्यक्रम तथा एस्ट्रोनोमी र एस्ट्रोफिजिक्स क्लबको सहकार्यमा सौर्य अवलोकन कार्यक्रम आयोजना गरिएको थियो । प्रदर्शनीको २५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका कलेजले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण