काठमाडौं । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस चालकको मन्थलीमै उपचार भइरहेको छ। गम्भीर घाइते ७ जनालाई उपचारका लागि धुलीखेल र काठमाडौं पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए।
रिफर गरिएकामध्ये ६ जनालाई धुलीखेल अस्पताल लगिने र एक जनालाई काठमाडौँ ल्याइने प्रजिअ थापाले जानकारी दिए।
मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका ६ त्रिवेणीघाट नजिकैबाट तामाकोसीमा खसेको थियो ।
ती मध्ये केहीको घटनास्थलमै र केहीको मन्थली अस्पतालमा मृत्यु भएको हो। बस मन्थली हुँदै ओखलढुंगाको पोल्थलीतर्फ जाँदै थियो ।
तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)
सम्बन्धित समाचार
अछाममा बेहोस भएका सिटौलाको स्वास्थ्य अवस्था गम्भीर
एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
धाप्लाङघाट पुल निर्माणको कामले गति लिँदै
काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस तामाकोशीमा दुर्घटना
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग
नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट
अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध






