काठमाडौं । शिक्षा पत्रकारहरूको संस्था शिक्षा पत्रकार समूह (इजेजी) २७औँ वर्षमा प्रवेश गरेको छ ।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा समूहका अध्यक्ष निर्जला कक्षपतिले समूहका उद्देश्यलाई परिपूर्ति गर्न थप सक्रिय र एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले विभिन्न कारणले संस्थाभन्दा बाहिर रहेका र सदस्यता नलिएका शिक्षा पत्रकारहरूलाई समूहमा आबद्ध हुन आग्रह गरिन् ।
समूहका महासचिव रोशन गाउँलेले स्थापना दिवसमा आयोजना हुँदै आएको सम्मान–पुरस्कार वितरणलगायत कार्यक्रम आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आयोजना गरिने जानकारी दिए ।
समूहका पूर्वअध्यक्षहरू नारायण अमृत, प्रकाश सिलवाल र तुला अधिकारीले संस्थाको स्थापना दिवसमा शुभकामना दिँदै आफ्नो उद्देश्यमा कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । विसं २०५६ मा पत्रकार राजन शर्माको नेतृत्वमा स्थापना भएको समूहमा हाल करिब ५० सदस्य आबद्ध रहेका छन्भने समूहको प्रदेशगत सञ्जाल पनि विस्तार गरिएको छ । संस्थाले ग्रामीण क्षेत्रमा शिक्षाको मूल्य वा शिक्षाको महत्वलाई प्रवर्द्धन गर्नाका साथै बालिका शिक्षा र सीमान्तकृतहरूको शिक्षामा जोड दिँदै आएको छ ।
यसैगरी शिशु कक्षादेखि विश्वविद्यालय तहसम्म गुणस्तरीय र सुलभ शिक्षाका लागि वकालत, अनुसन्धान र प्रकाशनमार्फत समूहले काम गर्दै आएको इजेजीले जनाएको छ ।



सम्बन्धित समाचार
महाशिवरात्रिः देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको लामो लाम
काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह
टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
घोषणापत्रमा खानेपानी र सरसफाइलाई प्राथमिकता दिन माग
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
एम्बुलेन्सको भाडा बढेपछि स्थानीयको विरोध
काठमाडौंका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु
बुर्तिबाङ–ढोरपाटन सडक निर्माण धमाधम






