जन्मदिनमा पीडितलाई सहयोग

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले आफ्नो जन्मदिनमा मिर्गाैला रोगी राजन श्रेष्ठलाई बुधबार आर्थिक र खाद्यान्न सहयोग गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–४ सिम्खडा गाउँका श्रेष्ठलाई १८ हजार नगद र खाद्यान्न सहयोग गरेका हुन् । सो अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको पनि उपस्थिति रहेको थियो । कमजोर आर्थिक अवस्थाका कारण श्रेष्ठले आफ्ना तीन सन्तानलाई विद्यालयसमेत पठाउन सकिरहेका छैनन् । उनीहरूको पठनपाठनको निरन्तरताका लागि पहल गर्ने मेयर थापाले प्रतिबद्धता जनाएका छन् ।

बुधबारै अशोकले विभिन्न चार प्रहरी प्रभागमा मास्क पनि वितरण गरे । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि ‘फ्रन्टलाइन’मा खटिएका सुन्दरीजल, माकलवारी, साँखु र काँडाघारी महानगरीय प्रहरी प्रभागमा कार्यरत सुरक्षाकर्मीलाई एन–९५ मास्क र सर्जिकल मास्क वितरण गरिएको हो । चार प्रहरी प्रभागमा जम्मा ८४ थान एन ९५ मास्क र १ सय ४४ थान सर्जिकल मास्क वितरण गरिएको अशोकले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण