खोटाङ । खोटाङ खोटाङका साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
गाउँपालिकाको स्टोर (भण्डारण गृह) र आवास गृहको रूपमा प्रयोग हुँदै आएको सामुदायिक भवनमा आज आगलागी भएको हो । आगलागी भएको जानकारी पाएलगत्तै घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मात्तिमका टोली र स्थानीयवासीले करिब डेढ घण्टा लगाएर आगो निभाएको गाउँपालिकाका सूचना अधिकारी डिएम चाम्लिङले जानकारी दिए ।
आगलागीका घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)
सम्बन्धित समाचार
स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
महाशिवरात्रिः देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको लामो लाम
उत्पादन बढाउँदै सिंहदरवार वैद्यखाना
बुर्तिबाङ–ढोरपाटन सडक निर्माण धमाधम
काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह
मतदाता शिक्षाका लागि झापामा १३१ स्वयंसेविका र सहजकर्ता परिचालन
पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ
मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइँदै






