भोजपुर । भोजपुरको भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ । जिल्लाबाट २४ जना सेना र चालकसहित २६ जना सवार बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिउ । उनका अनुसार बस सडक नजिकैको घुम्तीबाट तल खसेको छ । दुर्घटनामा परी गम्भीर घाइते ८ जनालाई सेनाको दुई वटा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको नेपाली सेनाले जनाएको छ ।
जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षा तयारीका लागि नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट गएको सेनाको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते भएका अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)
सम्बन्धित समाचार
कर्णाली करिडोरको स्थलगत निरीक्षण
राष्ट्रिय गौरवको आयोजना चाँडो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन
शिक्षा पत्रकार समूहले मनायो २७ औं स्थापना दिवस
टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
फास्ट ट्र्याकको सुरु विन्दू खोकनाको सट्टा फर्सिडोल
ब्रोकरसँगको सेटिङमा रिलायन्सको सेयरमा कृतिम मूल्यवृद्धि
सुदूरपश्चिममा शिशु मृत्युदर सबैभन्दा बढी
प्रतिनिधिसभा निर्वाचनः घरदैलो कार्यक्रममा व्यस्त काठमाडौँ–३ का उम्मेदवार






