काठमाडौं । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका ऋषि कट्टेललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले आइतबार उक्त आदेश जारी गर्दै कट्टेललाई तत्काल अदालतसमक्ष पेश गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको हो ।
कट्टेललाई प्रहरीले विनाकारण पक्राउ गरेको दाबी गर्दै रिहाइको मागसहित अधिवक्ता रुपेश कट्टेलले गत शुक्रबार रिट निवेदन दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले कारण देखाउ आदेशसहित उपस्थित गराउने आदेश दिएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)






