नेपाली खेलाडी छनोट चरणबाटै बाहिरिए

काठमाडौं । नेपाली खेलाडीहरू एसियन चेस महासंघको आयोजनामा भएको एसियन जुनियर एन्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिपको छनोट चरणबाटै बाहिरिएका छन् । बुधबार भएको छनोट खेलमा सबै नेपाली खेलाडीहरू बाहिरिएको नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिसा खुम्बुले जानकारी गराइन् ।

३.२ जोनअन्तर्गत नेपाल, बंगालादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेको समूहमा नेपालका तीन पुरुष र तीन छात्रा गरी ६ खेलाडीले सहभागिता जनाएका थिए । स्विस प्रणालीअन्तर्गत ९ चरणको खेलमा जुनियर खुलातर्फ अबिश्रे श्रेष्ठले छैटौं स्थानमा रहँदै च्याम्पियनसिपलाई पूर्णविराम लगाए । उनले ४ अंक प्राप्त गरे । यस्तै, ३.५ अंकका साथ विवेक श्रेष्ठ सातांै र ३.५ अंकका साथै निकेन कुशथा १०औं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिए । जुनियर खुुलातर्फ शीर्ष दुई स्थानमा बंगलादेश र श्रीलंकाका खेलाडी अटाए ।

यस्तै, छात्राहरू पनि प्रतिसपर्धाबाट बाहिरिएका छन् । खुस्बु थापा सातांै, अनिशा न्यौपाने आठौं र कृतिसरा अधिकारी नवौं स्थानमा रहँदै प्रतिस्पर्धाबाट बाहिरिएका हुन् । थापा र न्यौपानेले ३.५ र अधिकारीले ३ अंक प्राप्त गरेका थिए । छात्रातर्फ शीर्ष तीन स्थानमा बंगालादेश, श्रीलंका र बंगलादेशका खेलाडी रहे । पहिलो चरणमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरू फाइनल चरणका लागि छनोट भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

epaper

ताजा समाचार

अध्ययन बिदा दुरुपयोग गरेकाबाट सरकारले असुल ग¥यो १० करोड ४६ लाख