वीरगन्ज । आर्थिक नगरी वीरगन्ज वर्षमा ३–४ महिना खाने पानी समस्याले काकाकुल बन्न थालेको तीन–चार वर्ष भयो । भूईं मान्छेको वास्तविक समस्या हो खाने पानी ‘अभाव’ । साविकमा खोला, पोखरी, ईनार हुँदै आधुनिक प्रविधिको महुँचसँगै भूगर्भको पानी चापाकल, ट्यूवेलबाट पूर्ताल गर्ने धरातलीय यथार्थ मधेशको वास्तविकता हो । भूगर्भको पानीको सहत गहिरिदै जानु मानवीय व्यवहार र अदूरदर्शिताको गतिलो पराकाष्टा उमेद्वारले पनि चिनेको पाइइको हो ।
निर्वाचनको मुखमा यो समस्याको दीर्घकालीन समाधान खोज्ने चेष्टा मधेशमा नयाँ पुराना उमेद्वारहरुको प्रतिवद्धता आएको थिएन । यसको दीर्घकालिन समाधानको लागि नयाँ र जुझारु भन्ने नेता र दलहरुले पनि निर्वाचनको प्रतिज्ञा पत्र र प्रतिवद्धता पत्रमा पानी समस्याकोे दीर्घकालिन योजना सहितको उपाए सुझाएका थिएनन् ।
तर पुराना दल भनेर हुने रहेन छ, मुलुकको सबैभन्दा पुरानै दल नेपाली काँग्रेसका पर्सा क्षेत्र नम्बर १ का उमेद्वार अनिल कुमार रुँगटाले यो समस्यालाई नजिकबाट नियाली आफ्नो प्रतिज्ञा पत्रको १ नम्मर बुँदामा नै समेटेको भेटिएको छ । बिहिबार उनले सार्वजनिक गरेको पर्सा क्षेत्र नम्बर १ को प्रतिज्ञा पत्रमा जनतालाई ‘शिलान्यास होइन परिणाम चाहियो’ भन्ने उल्लेख गरी पानी कहाँ हराईरहेको छ ? र कसरी जोगाउन सकिन्छ ? भन्ने कुरा वीरगन्जमा पानीको नक्साँकन तथा अडिट गरी, पानी अत्याधिक दोहन हुने र पुनर्भरण गर्ने कुराको जड पहिल्याउने दावी गरेका छन् ।
त्यसै गरी सबैभन्दा बढि प्रभावित वडाको पहिचान र अदूरदर्शी तवरले पाँच वर्ष पछि आउने समस्यालाई पनि निर्मूल पार्ने गरी ‘वर्षाको पानी सालभरलाई आासानी’ भन्ने नारा सहित प्रस्तुत भएका छन् । महानगरका नागरिकलाई खानेपानीभन्दा बढि विकट समस्या अर्को हुँदैन भन्ने यो क्षेत्रका भूईंमान्छेको खानेपानी समस्या दीर्घकालिन समाधान गर्न पर्सा १ का ५९ प्रतिशत घरधुरीको ट्यूववेल र ह्यान्डपम्प मध्ये धेरैको समस्या समाधान गर्ने उपाय रुँगटाको प्रतिज्ञा पत्रमा उल्लेख छ ।

जनताले ठूलो विकास चाहेकाभन्दा पनि दैनिक जीवनमा आईपर्ने समस्या र समाधान मतदाताको पहिलो रोजाई कमैले बुझेका छन् । यसमा रुँगटाले भने गहिरिएर भूईं तहको पानीको सतह बढाउने रिचार्ज प्रणालीदेखि विज्ञको सुझावसहित भूईंमान्छेका समस्याको समाधानमा जुट्ने प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन् ।
योभन्दा पहिले विरगन्जमा खानेपानी समस्या समाधान गरियो भनिए पनि अवैज्ञानिक तवरले गाडिएका बोरिङले ल्याउने समस्या रुँगटाको प्रतिज्ञा पत्रले समाधान गर्ने लक्ष्य समेटिएको छ । एउटा बोरिङ गाडिएको ठाउँदेखि ४ सय मिटरवरिपरि अर्को बोरिङ गाड्न नहुने भू–गर्भविद्को दावी छ । यो दावीमा तत्कालिन खानेपानी मन्त्रीसँगको पहुँचमा ंसेवा लिनेहरुले केही वर्षपछि भोग्ने समस्याको पनि निराकरण खोजिएको भेटिन्छ ।
१० प्रतिज्ञा पत्रमा के छ ?
काँग्रेसका तर्फका उमेद्वार रुँगटाको प्रतिज्ञा पत्रको पहिलो बुँदामा खाने पानी समस्याको दीर्घकालिन उपाय पहिल्याउने दावी छ । भू–जल पूनर्भरण, पानी रिचार्ज प्रणाली विकास, सिर्सिया नदी वचाव अभियान गर्ने, पानी पर्याप्तताको लागि चाहिने बजेट सुनिश्चित गर्ने, प्राविधिक तथा विज्ञको परामर्श निरन्तर लिने र काठमाण्डौदेखि अन्तराष्ट्रियस्तरसम्म बजेटको पहल गर्नेसम्मको दावी गरिएको छ ।
प्रमुख १० प्रतिज्ञामा पहिलो पानी अभियान, दोस्रोमा स्वास्थ्य सम्मान कार्यक्रम, तेस्रोमा शिक्षा सीप विकास, चौथोमा वीरगन्ज आर्थिक स्वतन्त्रता योजना, भनिएको छ । यसमा रोजगारी व्यापार र परिवार आफ्नै वीरगन्जमा भन्ने समेटिएको छ ।
त्यसैगरी पाँचौ नम्बरमा जेन जेड र युवा–सपना देख्नेबाट कर्म गर्नेहरु तर्फ निश्पक्ष अवसर, युवाहरु समुन्नतिमा अवसर, छैठांैमा कमीकमजोरी विरुद्धको फुलः गाउँस्तरीय वडाहरुको स्तरवृद्धि, सातौंमा हरित र खुल्ला वीरगन्ज, आठौंमा संस्कृति र गौरवः नारायणी रंगशाला र धरोहर संरक्षण, नवौंमा महिला र सार्वजनिक सुरक्षा–महिला सुरक्षा संकल्प र दशौं प्रतिज्ञामा स्वच्छ शासनः जनता कार्यालय र विधि निर्माण भनी विस्तृतमा वर्णीकरण गरेको अन्यको भन्दा भिन्न रहेको पाइएको छ ।
वीरगन्जका चर्चित उद्योगी समेत रहेका रुँगटाको सार्वजनिक प्रतिज्ञा पत्रलाई स्थानीय बुद्धिजिबीहरुले हुन नसक्ने हावादारी चाही नभएको स्वीकारेका छन् । विकास र निर्माणको भिजन अन्य दलका उमेद्वारमाभन्दा अलि कार्यान्वयन हुनसक्ने खालको रहेको पनि उनीहरुको तर्क छ ।
सम्बन्धित समाचार
रोचक शैलीमा चुनावी घरदैलो
जसपाको घोषणापत्र सार्वजनिक
रवि र बालेनलाई प्रभु साहको चेतावनी, रौतहटबासीलाई जंगलराज स्वीकार्य छैन
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्ता छन् १० भिजन
सप्तरी–४ : ‘चौक्का’ हान्ने दाउमा तेजुलाल, मैदानमा २७ उम्मेद्वार
कता फर्किंदै छ मधेसका मतदाताको मत ?
रौतहट—४ का उम्मेदवार ऋषि धमलाले सार्वजनिक गरे बाचापत्र
काठमाडौं महानगरको विकास र शुसासन निराशाजनक






