सिन्धुली । मानवअधिकार तथा निर्वाचन पर्यवेक्षणमा लामो समय काम गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्वाचनको पूर्व तयारी, सुरक्षा अवस्था र आचारसंहिता उलंघनका विषयमा अनुगमन गरेको छ । शुक्रबार सिन्धुलीमा आएको इन्सेकको टोलीले जिल्लामा निर्वाचनको तयारी र सुरक्षा अवस्थाका ’boutमा अनुगमन गरेको हो ।
इन्सेक बागमती प्रदेश र केन्द्रीय कार्यालयको संयुक्त टोलीले जिल्लामा निर्वाचनको तयारी, सुरक्षा अवस्था र आचारसंहिता उलंघनका सन्दर्भमा सरोकारवाला निकायहरुसँग छलफल तथा भेटघाट समेत गरेको छ ।
मुख्य निर्वाचन अधिकृत कमलराज विष्ट, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाज, पत्रकार लगाएतसँग छलफल तथा निर्वाचनको तयारी र अवस्थाका ’boutमा छलफल गरेको हो ।
यस्तै इन्सेकको टोलीले मतदाता शिक्षा, अपांगता जेष्ठ नागरिक तथा महिला मैत्री निर्वाचन स्थल र चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग लगाएतका सवालमा जानकारी लिएको छ ।
इन्सेक बागमती प्रदेशका प्रमुख शिवप्रसाद खकुरालको नेतृत्वमा आएको टोलीसँग कुरा गर्दै मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले निर्वाचनको तयारी पुरा भएको बताएका छन् । उनले मतदान अधिकृत, सहायक मतदान अधिकृतहरुलाई तालिम दिई खटाईसकिएको बताएका छन् । उनले १८ गतेसम्म निर्वाचनमा खटिएको कर्मचारी र सुरक्षाको टोली फागुन १८ गतेसम्म मतदान स्थल पुग्ने समेत जानकारी दिएका छन् ।
मतपत्रहरु र मतदान सामग्रीहरु प्याकिङ गरि सकिएको पनि उनले जानकारी दिएका छन् । यस्तै मतगणनास्थल निर्माणको काम पनि तिव्र गतिमा भईरहेको, आचारसंहिता उलंघनका जघन्य घटना नभएको बताएका छन् । तथापि बजेट अभावका कारण मतदाता शिक्षा प्रभावकारी नभएको समेत उनले जानकारी दिए । विष्टले भौगोलिक विकटताका कारण अपांगतामैत्री, जेष्ठ नागरिक मैत्री निर्वाचन स्थल बनाउन समस्या हुने देखिएको बताएका छन् । उनका अनुसार कतिपय भुगोलमा सवारी साधनसमेत पुग्न नसक्ने भएकाले समस्या समेत रहेको छ ।
यस्तै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले भेटका अवसरमा सुरक्षा व्यवस्था व्यवस्थित र प्रभावकारी बनाईएको र सबै मतदानस्थलको सुरक्षा अवस्थाका ’boutमा अनुगमन र व्यवस्थापन सुरक्षा संयन्त्रले गरिरहेको इन्सेक टोलीलाई जानकारी दिएकी छिन् । उनले अहिलेसम्म जिल्लाको शान्तिसुरक्षाको अवस्था सामान्य रहेको बताईन ।
भेटघाट तथा छलफलका क्रममा अनुगमन अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले आचारसंहिता उलंघनका ३ वटा लिखित उजुरी आएको तर सामान्य सचेत गराउँदा समाधान भएको जानकारी दिएका छन् । उनले आचारसंहिताका सामान्य गुनासाहरु आए पनि ठूला घटना नभएको बताए ।






