बञ्चरो प्रहार गरी सिन्धुलीमा श्रीमतीको हत्या

हरिहरपुरगढीको रानीपानीमा आईतबार बञ्चरो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

हरिहरपुरगढी गाउँपालिका वडा नं. ३ रानीपानीका ४५ वर्षिय जिते भन्ने विर बहादुर राईले श्रीमती रिता राईको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीका अनुसार राईले बञ्चरोले टाउकोमा हानी श्रीमतीको हत्या गरेका हुन् ।

दिउँसो साढे चार बजे घरको कोठाभित्र नै उनले श्रीमती रिताको हत्या गरेको सुवेदीले बताए । हत्याको कारण खुलि नसकेको सुवेदीले बताएका छन् । हत्या आरोपित विरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याईएको सुवेदीले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

epaper

ताजा समाचार

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा