अब तरकारी बारीमै कुहिँदैन

स्याङ्जा । लकडाउनले समस्यामा परेका किसानलाई भिरकोट नगरपालिकाले बजारीकरणमा सघाएको छ ।

नगरपालिकाले कृषि उपज खरिद तथा बिक्री केन्द्र स्थापना गरी किसानको तरकारी जन्य अनाज व्यवस्थापन सुरु गरेको छ । आफुले गरेको उत्पादनले सहज बजार नपाएको गुनासो किसानले गरेपछि नगरपालिकाले केन्द्रको स्थापना गरेर किसानको तरकारी खरिद विक्रिको बातावरण मिलाएको हो ।

भीरकोट नगरपालिकाले कृषकको उत्पादन खरीद गर्ने र उपभोक्तालाइ बिक्री गर्ने अभियानको शुरुवात गरेसँगै बिचौलीयाको अन्त्य हुने भएको छ । नगरपालिकाको यो कार्यले यहाँका किसान पनि खुसी छन् ।

किसानका तरकारी खेतबारीमै कुहिने समस्या बढ्न थालेपछि नगरपालिकाले किसानको तरकारी खरिद गर्ने अभियान चलाएको हो । ‘दैनिक ज्यलादारी मजदुरकार र किसानका समस्या स्थानीय सरकारले बुझ्नु पर्छ । त्यही समस्या बुझेर हामीले तरकारी व्यवस्थापन सुरु गरेका छौं ।’ भीरकोट नगर प्रमुख छायाँराम खनालले भने,‘किसानको तरकारी बारीमा कुहिने बातावरण नहोस् भनेर तरकारी खरिद विक्रि गरिदिने जिम्मा नगरपालिकाले लिएको छ ।’

नगरपालिकाले किसानसगँ किनकै मुल्यमा उपभोक्तालाई बिक्री गर्दै आएको छ । तरकारी र फलफूलको कारोबारमा विचौलीया हाभी भएको भन्दै खनालले भने,‘अब विचौलियाको भुमिका हुन्न । किसान र उपभोक्ता दुवैलाई फाईदा हुन्छ ।’

बजारको जिम्मेवारी नगरपालिकाले लिएपछि किसानहरुमा थप उत्साहित भएका छन् । नगरपालिकाले दुई कर्मचारी खटाएर भीरकोट स्थित बसपार्कमा खरिद विक्रि केन्द्र संचालन गरेर किसान र नगरपालिकाका प्रतिनिधिले तोकेको मुल्यमा खरिद विक्रि गरिदै आएको छ ।

कृषकले बिक्री गरेकै मुल्यमा उपभोक्ताले खरीद गर्न पाउने भएकोले बिचौलीयाको समस्या अन्त्य भएकोमा कृषकहरु निकै हर्षित भएको भीरकोट ५ का किसान रमाकान्त पौडेलले बताए । लकडाउनले हाम्रो तरकारीले बजार पाएको थिएन पौडेलले भने,“नगरपालिकाले हाम्रो तरकारी खरिद गरिदिएपछि अहिले ढुक्क छौं ।” किसानदेखि उपभोक्त सम्म तरकारी पुग्दा विचौलीयाको रजाई अन्त्य भएको छ यसको नगरपालिकाले निरन्तरता दिनु पर्छ ।’ उनले भने ।

११ देखि ४ बजेसम्म बजार खुल्ला

सामाजिक दुरी कायम गर्दै किसानले बिहान ११ बजेसम्म केन्द्रमा तरकारी ल्याउने र ११ देखी ४ बजेसम्म उपभोक्ताले केन्द्रबाट हरीयो र ताजा तरकारी खरीद गर्न सक्ने व्यवस्था मिलाइएको छ । किसान र उपभोक्ता दुबैलाइ फाइदा गर्ने यो अभियानले बिचौलीया मोटाउने रोगको अन्त्य सगै यस्तो बिषयमा अन्य पालिकाले पनि ध्यान दिन सके किसानको पसिनाको मुल्य जोगिने महत्वपूर्ण भुमिका हुने भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी(लक्ष्मण) ले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण