गुल्मभित्र पसेर डीएसपीमाथि हातपात, एसपीको संयोजकत्वमा छानबिन समिति

धनगढी । कैलालीमा गुल्मभित्र पसेर डीएसपीसहितका सशस्त्र प्रहरीमाथि हातपात गरिएको छ । जिल्लाको खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटरमा बुधबार भिड पसेको हो ।

३१ जना जिल्ला तानिए

सो क्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलमाथि हातपात गरिएको छ । डीएसपी पौडेलले ज्यादती गरेको आरोप लगाउँदै गुल्ममै छिरेर त्यहाँका व्यापारी र सर्वसाधारणले हातपात गरेको बताइएको छ ।

स्थानीयका अनुसार त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । टीकापुरको एसजीए ट्रेड एण्ड सप्लायर्सले भारतबाट ल्याइएको सामान सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो । सोही’bout गुल्ममा टीकापुर उद्योग वाणिज्य संघको टोलीसमेतको सहभागीतामा छलफल भइरहेको थियो । छलफल सकिएपछि स्थानीय युवाहरु गुल्ममै छिरेर हातपातमा उत्रिएका हुन् ।

घटनापछि गुल्ममा कार्यरत डीएसपी पौडेलबाहेक सिंगो टोलीलाई जिल्ला तान्ने निर्णय भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले डीएसपी घटनापछि गुल्ममा कार्यरत डीएसपी पौडेलबाहेक ३१ जना सशस्त्र प्रहरीको टोली नयाँ पठाउन लागिएको जनाएको छ । डीएसपीमाथि हातपात हुँदासमेत नियन्त्रणमा कमजोरी भएको भन्दै ३१ जनालाई जिल्ला तानिएको बताइएको छ ।

एसपीको संयोजकत्वमा छानबिन समिति
गुल्ममा छिरेर डीएसपीसहितका सशस्त्र प्रहरीमाथि हातपात भएको घटनाको छानबिनका लागि समिति बनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीले समिति गठन गरेको हो ।

बाहिनीमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी)अनिल कार्कीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । खक्रौला भन्सार कार्यालय नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटरमा बुधबार भिड पसेर सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलमाथि हातपात गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 881 times, 1 visits today)

epaper

ताजा समाचार

चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्छौ : गगन