कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १२३ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार बेलुकासम्म स्वाब परीक्षण गरिएकामध्ये ३३ र आज बिहान १८ नयाँ थपिएसँगै ५१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । त्यस्तै, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २५ सल्यान र एक जना सुर्खेतका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलाय जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले जानकारी दिए ।

यसअघि सुर्खेतका ३०, देलेख १४, बाजुराका एक र बोल्न नसक्ने एक महिलामा गरेर ४६ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि अब यसको जोखिम न्यूनीकरण, रोकथाम र उपचार कसरी गर्ने भन्ने रणनीतिमा केन्द्रित रहेर कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा अहिले आकस्मिक बैठक बसिरहेको सामाजिक विकासमन्त्री दल रावलका स्वकीय सचिव नन्दबहादुर रोकायले जानकारी दिए ।रासस 

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग