एमाले नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा

काठमाडौं । एमालेका नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन् ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको तनाव नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु र दर्जनौं घाइते भएको घटनालाई लिएर एमाले नेता बास्कोटाले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन् ।

उनले गृहमन्त्रीलाई लक्षित गर्दै टीओबी प्रतिनिधि संसद्को रोष्ट्रममा फेरि सुकसुकाउँदै रुने टिप्पणीसमेत गरेका छन् ।

उनले भनेका छन्, ‘सभा हलका केही डाँको छोड्दै भक्कानिन्छन् । पानी पिउँदै भन्छ– हाम्रा भाइबहिनीमाथि गोली चलेकोमा आफ्लाई कति पीडा भइरहेछ । बाहिर केही रफ्फु मिडिया गिड्गडाउँदै भन्छन्– दोष ती मान्छेको थियो, जसले गोली खाए । जवाफदेहिता भए राजीनामा देऊ ।’

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

epaper

ताजा समाचार

अध्यक्ष ओलीलाई सम्झाउन पौडेल र पोखरेल गुण्डुमा