प्रतिनिधिसभाको पहिलो बैठकमै एमालेले गर्‍यो अवरोध

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुने वित्तिकै अवरोध भएको छ । नेकपा एमाले सांसदहरूले बैठक सुरु हुनेवित्तिकै उठेर आपत्ति जनाएका हुन् ।

एमालेका सांसदहरू उठेपछि सभा चलाइरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले एमाले सांसद गुरु बराललाई बोल्न समय दिए ।

सरकाले नेपालको संविधान मौलिक हक विपरीत काम भएको भन्दै एमालेका सांसद बरालले धारणा राखेका छन् । एमाले सांसदहरू पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध सांसद बरालले आपत्ति जनाएका हुन् ।

पक्राउको विरोधमा शान्तिपूर्ण विरोध गर्दा सरकारले बर्बर दमन गरेको आरोप लगाए । उनले गृहमन्त्रीलाई यस विषयमा छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरे । सांसद बरालले ओली र लेखकलाई रिहाइ र शान्तिपूर्ण आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्न माग गरे ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

epaper

ताजा समाचार

सर्वोच्चको नजिरपछि फिर्ता होला त छाया सेन्टरले हडपेको १२ रोपनी जग्गा ?