पूर्वकावा सभापति खड्कामाथि कारबाहीको तयारी

काठमाडौं । ने पालको सबैभन्दा पुरानो प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसले नेता–कार्यकर्तामाथिको कारबाही प्रक्रियामा वामपन्थी शैली अपनाउन थालेको छ । विशेष महाधिवेशनबाट निर्वाचित भएर आएको केन्द्रीय समिति र नेताविरुद्ध ‘फरक मत’ राखेकै आधारमा १४औं महाधिवेशनबाट निर्वाचित उपसभापति पूर्णबहादुर खड्कामाथि कारबाही अघि बढाइएको छ । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसको संरचनालाई सभापति गगन थापा स्वयंले ‘कांग्रेस २.०’ भनेका छन् ।

बामपन्थी बाटोमा ‘२.० कांग्रेस’

खड्कामाथि सुरु कारबाहीलाई संस्थापनइतर समूहका नेताले ‘मत मिलुञ्जेल घाँटी जोडेर प्रस्तुत हुने, मत बाझिए पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्ने वामपन्थी शैली’ भनेका छन् । कांग्रेस संस्थापन पक्षले अनुशासन उल्लंघन गरेको अभियोगमा खड्कासहितका केही नेताको क्रियाशील सदस्यता नवीकरण नगर्ने प्रक्रिया अघि बढाएको छ ।

पूर्वउपसभापति पूर्णबहादुर खड्काले दोस्रोपटक उपसभापतिको हैसियतमा लेटरप्याड र छाप प्रयोग गरेर क्रियाशील विवाद’bout धारणा सार्वजनिक गरेपछि अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बिहान ११ बजे अनुशासन समिति बैठक बस्ने र दिउँसो २ बजे कार्यसम्पादन समिति बैठक बस्ने कार्यतालिका छ ।

अनुशासन समिति बैठकले पूर्व उपसभापति खड्कालाई कारबाहीको सिफारिस गर्ने र कार्यसम्पादन समिति बैठकले अनुमोदन गरिने एक केन्द्रीय सदस्यले राजधानीलाई बताए । अनुशासन समिति संयोजक तारामान गुरुङका अनुसार पार्टी हितविपरित गतिविधि गर्ने र प्राप्त ५ सयभन्दा बढी उजुरीका सम्बन्धमा छलफल गर्न अनुशासन समिति बैठक बोलाइएको हो ।

संयोजक गुरुङले राजधानीसँग भने, ‘पार्टी हितविपरित गतिविधि गर्ने जोकोहीलाई कारबाही सिफारिस हुन्छ, यहाँ व्यक्तिको नाम नलिउँ ।’ अनुशासन समितिको १९ चैत २०८२ मा बसेको बैठकले पार्टीले पूर्वउपसभापति खड्कालाई लेटर प्याड र छाप दुरुपयोग गरेको भन्दै यस्ता गतिविधि नगर्न सचेत गराएको थियो । ‘बुधबारको बैठकले खड्कालाई कारबाही गर्छ ?’ भन्ने जिज्ञासामा संयोजक गुरुङले भने, ‘बैठक नबसी केही बन्न सक्दिनँ, तर मजस्ता व्यक्तिले पूर्वउपसभापतिलाई कारबाही सिफारिस गर्न बाध्य हुने दिन आउँलाजस्तो छ ।’

संस्थापनइतरका नेता गुरु बरालले ‘खड्कामाथिको कारबाही सिफारिस नै हास्यास्पद रहेको’ बताए । ‘पार्टी बैठकले गगन थापा, विश्वप्रकाश र फरमुर्ला मन्सुरलाई पाँच वर्षका लागि कारबाही गरेको छ,’ उनले भने, ‘अर्को कुरा पार्टीको आधिकारिकता विवाद सर्वो च्च न्यायिक निकायमा पुगेका बेला पार्टीभित्र कारबाहीको सिफारिस आत्मरतिबाहेक केही होइन ।’

कांग्रेसमा ४ असार २०५९ मा संसद् विघटन विषयलाई लिएर तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलका नेता शेरबहादुर देउवालाई तीन वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाहीगरेका थिए । त्यसपछि नेपाली कांग्रेस (प्रजातान्त्रिक) स्थापना भएको थियो । फुटको तीन वर्षपछि कोइरालाले प्रजातान्त्रिकलाई कांग्रेसमा मिलाएका थिए ।

कांग्रेसभित्रको कारबाही र फुकुवाको परम्परालाई विशेष महाधिवेशनबाट चयन पदाधिकारीले क्रमभंग गर्ने भएको छ । संस्थापनइतर समूहलाई कारबाही गर्न यही २ वैशाख (भोलि) बुधबार अनुशासन समिति बैठक बोलाएको छ । यही दिन केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 515 times, 1 visits today)

epaper

ताजा समाचार

'वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको छ'