रौतहट । मधेश प्रदेशमै उच्च तापक्रम रहेको रौतहटको कटहरिया नगरपालिका–४ हर्साहस्थित श्री सामुदायिक आधारभूत विद्यालयमा छानामा ताप परावर्तक रङ र बबल इन्सुलेसन सामग्री जडान गरिएको छ । तातो हावाको जोखिम न्युनिकरणको लागी बिद्यालयको जस्तापाताको छानामा सेतो ताप परावर्तक रङ लगाउने, छानामुनि इन्सुलेसन सामग्री जडान गर्ने, कक्षाकोठामा पङ्खा राख्ने, सुरक्षित खानेपानीको व्यवस्था गर्ने, सौर्य ऊर्जा प्रणाली जडान गर्ने तथा विद्यालय परिसरमा वृक्षरोपण गर्ने काम सम्पन्न गरिएको हो ।
आसमान नेपालले प्रोस्पर ग्लोबलसँगको साझेदारीमा सञ्चालन गरिरहेको जलवायु उत्थानशील समुदाय कार्यक्रमअन्तर्गत जेड जुरिच फाउन्डेसनको आर्थिक सहयोगमा विद्यालयमा यी सुधारका काम गरिएको हो। विद्यालयको ताप व्यवस्थापन तथा आधारभूत सेवा सुधारका लागि कुल १० लाख ४३ हजार १८४ रुपैयाँ खर्च भएको कार्यक्रम संयोजक डोरेन्द्र बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार जस्तापाताको छानामा लगाइएको सेतो ताप परावर्तक रङले सूर्यको विकिरणको केही भाग परावर्तन गरी छानाले सोस्ने ताप कम गर्न मद्दत गर्छ। त्यस्तै, छानामुनि जडान गरिएको ८ मिलिमिटर मोटाइको डबल एल्युमिनियम बबल इन्सुलेसन सामग्रीले छानाबाट कक्षाकोठाभित्र सर्ने ताप घटाउन सहयोग पु¥याउँछ ।
छानाको ताप न्यूनीकरण गर्ने उपायसँगै कक्षाकोठामा पङ्खाको व्यवस्था गरिएकाले गर्मीयाममा विद्यार्थी तथा शिक्षकलाई तुलनात्मक रूपमा सहज वातावरण उपलब्ध गराउने लक्ष्य राखिएको उनले बताए। पङ्खाले हावाको आवागमन बढाएर शरीरलाई सहज महसुस गराउन मद्दत गर्ने र छानाको ताप कम गर्ने उपायले भित्र प्रवेश गर्ने ताप घटाउने भएकाले यी उपायको एकीकृत प्रयोग प्रभावकारी हुने उनको भनाइ छ ।
सम्बन्धित समाचार
रोजेको स्थानमा अनुमति नपाउँदा अन्यौलमा प्रथम सप्तरी एक्सपो २०८३
ग्राहक बनेर आएका चोरबाट नाटकीय ढंगले चोरी
बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने
गोलबजारका तत्कालीन मेयर साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
३ दिन हिमपात र हिमपहिरोको जोखिम, पदयात्रा नगर्न आग्रह
नेपाल प्रहरीको वेबसाइट र अनलाइन सेवा अवरुद्ध
बकैया नदीमा ‘जियोब्याग’ तटबन्धले दर्जनौँ गाउँ डुबानबाट सुरक्षित
नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबारदेखि




