बारा । बारामा नगरप्रहरीले गरेको ज्यादतीमा कारबाही नगरिने भएको छ । कलैया बजारमा व्यापारीलाई नगरप्रहरीले घिसारीदै लगेको घटनामा नगरप्रमुख विनोद साहले कारवाही नगर्ने बताए छन ।
नगरप्रहरीले गरेको ज्यादतीको बिरोधमा उधोग वाणिज्य संघको सभाहलमा व्यापारीहरुसंग बसेको बैठकमा नगरप्रहरीलाई कारवाही नगरिने भनेर बैठकबाट निस्केका थिए ।
व्यापारीहरूसँगको छलफलमा दोहोरो संवाद पछि नगरप्रमुख साहले आफ्नो नगरप्रहरी व्यापारी माथि गरेको व्यवहार दण्डनीय रहेको बताए । आफु अभिभावकको नाताले गल्ती स्वीकार गरि माफि माग्न तयार छु, ‘ नगर प्रहरीलाई बजार अनुगमन गर्न बाट रोक लगाउन तयार छु तर नगरप्रहरीलाई कारवाही आफूलाई मान्य नरहेको उनले बताए ।
नगरप्रमुखको जवाफले व्यापारीहरू आन्दोलित भएका छन । खुद्रा व्यापार संघका अध्यक्ष आलम हुसेेनका अनुसार नगरप्रहरीले व्यापारीहरू माथि कपडा च्यातेको आरोपको साथै व्यापारीलाई घिसारिदै लगेको घटनामा दण्डनीत नगरेकोले मुद्दा प्रक्रियामा जाने बताए ।
कानुनबाट पनि न्याय नपाए बजार पुर्णरुपमा ठप्प पार्ने चेतावनी दिएका छन । नगरप्रहरीको दमनको साथै झुठा आरोप सहनीय नरहेको हुसेनले बताए ।
यता व्यापारीलाई घिसारिएर लगेका पिडित परिवारले आफुहरु अन्यायमा परेको बताए । कसैलाई निघार्त कुटपिट गरि माफि मागि कानुनको धज्जी उडाएको बताउछन । आफ्नो भतिजोलाई मर्नासान गरि पिटनेलाई कानुनी कारवाही गर्ने आफ्नो माग रहेको पिडित परिवार बताउछन ।
कुनै बिधि प्रक्रिया नअपनाई राजनितिक नियुक्तिले पक्कै पनि द्वन्द्व सृजना गर्ने गरेको नागरिक समाज अध्यक्ष उमेशलाल दाश बताउछन । नगरप्रहरीको एनको दायरामा रही सुशासन कायम गर्न उसको प्रमुख दायित्व रहेको बताए ।
बर्दी लगाउने बितिकै जनतको रक्षक भएर काम गर्ने हो न कि भक्षक भएर जनतालाई दुख दिने दासले भने । व्यापारीलाई घिसिरिदै लगेको घटना दण्डनीय रहेको बताए । त्यस्ता नगरप्रहरीलाई कानुन बमोजिम कारवाही गरि कानुन राज्यको अनुभुती दिनु पर्ने उनले बताए ।
जेनजी संयोजक शौरभ पाण्डेका अनुसार घटना उग्र रुप न आओस सोचेर प्रहरीको सहयोगमा घटना साम्य पारेको बताए । जेनजी टिम नभएको भए दोहरो भिडन्त हुने संभावना थियो । नगरप्रमुखले स्टन्टनबाजी गरी नगरप्रहरीद्वारा समाजिक संजालमा जेनजीले कपडा च्यातेको भिडियो सार्वजनिक गर्ने घटना प्रति घोर भर्त्सना गर्दछु । त्यस्ता नगरप्रहरीलाई कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।
वैशाख ८ गते बजारमा आफ्नो फलफूल पसल चलाईरहेको रोहन गुप्तालाई घिसारेर लगेको भिडियो समाजिक संजालमा चौतर्फी आलोचना भएको थियो । विवाद पछि केही नगरप्रहरीलाई नेपाल प्रहरीले हिरासतमा राखेका थिए ।
छलफल पछि नगरप्रहरी दोषी ठहरिए कानुन बमोजिम कारवाही गर्ने प्रतिवद्धता गरि नगरप्रमुख साहले हाजिरि जमानीमा छोडाएर लगेका थिए । बिहिबार बसेको छलफलमा नगरप्रहरी दोषी देखिए पनि कारवाही नहुदा व्यापारीहरु आन्दोलित भएका छन ।
कलैया उपमहानगरपालिकामा ३ स्थायी नियुक्ति गरि ३१ जना दैनिक ज्यालादारीमा नगरप्रहरीको खटिरहेका छन ।
सम्बन्धित समाचार
अवकाशप्राप्त शिक्षिकाद्वारा साइकल र स्टेशनरी वितरण
वीरगन्ज बजार क्षेत्रको सडक विस्तार बिहान साढे चार बजेवाट
कलैया नगरप्रहरीको ज्यादती
पालिकामा बजेट बढाउन तुरहाको माग
एमालेबाट निर्वाचित मेयर साह आजपा प्रवेश
मिथिलामा आज सतुवाइन पर्व मनाइँदै
हुलाकी सडकले डफाली परिवारलाई बेघर बनाउँदै
मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान






