टीकापुर । यहाँका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र ‘अफसेट छपाइ मेसिन अपरेटर’ तालिम दिन थालिएको छ । युवालाई रोजगारीसँग जोड्ने उद्देश्यले २० र ‘अफसेट प्रेस’तर्फ २० जनालाई तालिम दिन थालिएको टीकापुर नगरपालिका रोजगार सेवा केन्द्रले जनाएको छ ।
बेरोजगार युवालाई स्वरोजगार बनाउने र सम्भावना भएका क्षेत्रमा रोजगारीका अवसर सृजना गर्न शनिबारदेखि तीन सय ९० घण्टाको तालिम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिए ।
प्राविधिक सीप भएको मानिस रोजगारीमा जोडिन सहज हुने भएकाले यस्तो तालिम दिन थालिएको उनले बताए । ‘हाल धेरैजसो युवा विदेश गइरहेका छन्, तर प्राविधिक सीप सिकेर स्वदेशमै रोजगारी गर्न सकिन्छ । त्यसका लागि कम्प्युटर र छपाइसम्बन्धी तालिम उपयुक्त हुन्छ भन्ने सुझावका आधारमा योजना बनाएका हौँ’, प्रमुख प्रशासकीय अधिकृत धितालले भने, ‘अब हरेक काममा कम्प्युटर हरेक अपरिहार्य भइसकेको छ । छपाइको काम पनि त्यत्तिकै महत्त्वपूर्ण छ, तर यहाँ कम्प्युटर मर्मत र छपाइको काम गर्न स्थानीय जनशक्ति नभएकाले भारतीय नागरिकले धेरै अवसर पाइरहेका छन् । त्यसैले पनि यो तालिम आयोजना गरिएको हो ।’
नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा वडा नं ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपानेले सीप सिकेर स्वदेशमै रोजगारी गर्न उत्प्रेरित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।
‘बाह्र कक्षापछि रोजगारीका लागि विदेश जाने प्रचलन छ । हाम्रो उद्देश्य युवाले स्वदेशमै राम्रो कमाइ गरुन् भन्ने हो । त्यसैले सीपयुक्त मानिस उत्पादन गर्न आवश्यक छ’, उनले भने ।
आर्थिक विकास शाखा प्रमुख रन्जु आचार्यले रोजगारीका अवसर भएका ठाउँमा दक्ष जनशक्ति अभाव भएकाले पालिकाले दक्ष जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेको बताए ।
सम्बन्धित समाचार
‘उज्यालो धनगढी’को आठौं चरणः नगरका विभिन्न ठाउँमा स्मार्ट सडक बत्ती जडान
कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना
आचार्य कृष्णलाई धनगढीले दियो शिक्षामार्फत छुवाछुत अन्त्य गर्ने जिम्मेवारी
वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल
महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित
नेपाल वितरक महासंघको १४औं साधारण सभा धनगढीमा हुने
सुत्केरीको हेलिकप्टरमार्फत उद्धार






