कांग्रेसले आङदेम्बेलाई संसदीय दलको नेता बनाउने सहमति

काठमाडौं । नेपाली कांग्रेसमा भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने सहमति भएको छ।

उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले संसदीय दल नेताका लागि आङ्देम्बेको नाममा सहमति जुटाएको हो। पूर्वसहमहामन्त्री अर्जननरसिंह केसीले दलको नेताको दाबी छाडेपछि आङ्देम्बेको नाममा सर्वसम्मित भएको एक पदाधिकारीले बताए। केसीका साथै सांसदहरू मोहन आचार्य, बास्ना थापा, निस्कल राई, फिर्दोष आलाम र चन्द्रमोहन यादवलगायतले दलको नेतामा दाबी गरेका थिए।

आङदेम्बेलाई पार्टीको पूर्वसहमहामन्त्री तथा समानुपातिक सांसद हुन्। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति गगन थापाले आङदेम्बेका नाम सर्वसम्मतका लागि पेश गर्नेछन्।

केन्द्रीय कार्यसम्पादन समितिबाट अनुमोदन भएपछि आज दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने दलको बैठकले नेता चयन गर्नेछ। कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दलको नेता सहमति जुटेको बताए।

गत फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा सभापति थापासहित सबै शीर्ष नेता पराजित भएपछि समानुपातिक सांसद आङदेम्बेलाई दलको नेता बन्ने मौका मिलेको हो। कांग्रेसको १४औँ महाधिवेशनमा निर्वतमान सभापति शेरबहादुर देउवा पक्षबाट आङ्देम्बे सहमहामन्त्रीमा निर्वाचित भएका थिए। पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनको पनि उनी विपक्षमा थिए।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनपछि उनी मझधारमा थिए। देउवा-शेखर कोइराला समूहले गत चैतमा नवनिर्वाचित सांसदलाई बधाईका लागि धुम्बाराहीको स्मार्ट होटलमा राखेको कार्यक्रममा आङदेम्बे अनुपस्थित थिए। सोही होटलमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित निवर्तमान केन्द्रीय सदस्यको बैठकमा पनि आङदेम्बे देखिएका थिएनन्।

देउवा र थापा पक्षसँग समदुरीको सम्बन्धमा बसेका आङदेम्बे संसद्मार्फत थापाको पक्षमा प्रष्ट उभिएका थिए। शनिबार मात्र आङ्देम्बे सामाजिक सञ्चालमार्फत आफू सभापति थापाको स्पिरिड अनुसार अगाडि बढेको भन्दै समूहको लेबल नलाउन आग्रह गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

कक्षा १२ उत्तीर्णले निमावि लाइसेन्स पाउन कुन विषय पढेको हुनुपर्छ ?