काठमाडौं । राहदानी विभागको नयाँ प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाने तयारीका लागि केही दिन राहदानी सेवा बन्द हुने जनाएको हो ।
विभागले दिएको जानकारी अनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा यही असार २४ देखि २६ गतेसम्म तीन दिनका लागि बन्द हुनेछ ।
यस्तै, राहदानी विभाग स्वयंले प्रदान गर्ने सेवा असार २५ र २६ गते दुई दिनका लागि बन्द हुने छ । नयाँ प्रणाली असार २२ गतेदेखि नियमित रूपमा सञ्चालनमा ल्याउने तयारी विभागको छ ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)
सम्बन्धित समाचार
राष्ट्रपतिद्वारा मच्छिन्द्रनाथको भोटो अवलोकन (फोटोफिचर)
पानीमा डुबेर ४ बालिकासहित ५ को मृत्यु
स्थानीय तहको संख्या घटाइने, नगरपालिका थपिँदै
कैलालीको गोरङ्गे ब्यारेकमा ग्रेनेड विस्फोट: एक सैनिकको मृत्यु, एक घाइते
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न एक हप्ता म्याद थप
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
सूचनाको हकमा कमजोर गाउँका सरकार
रास्वपा महामन्त्रीको निर्वाचन रोचक मोडमा : रञ्जुको समर्थन विपिनलाई






