काठमाडौं । निर्माता एवं निर्देशक भुवन केसी र जिया केसी नयाँ चलचित्र ‘बाटुलो जून’का कारण विवादमा छन् । यो चलचित्र बनाउन अग्रिम पैसा लिएर वितरण अधिकार केसीले गोविन्द शाहीलाई बेचेका थिए, तर अहिले उनले यही चलचित्र अर्को वितरकसमेतलाई बेचेका छन् । यही कारण विवादले उग्ररूप लिएको छ ।
निर्माता र वितरकबीच आर्थिक लेनदेन समस्या शुक्रबार (आज)सम्म समाधान नभए नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघको न्यायिक समितिमा उजुरी दिने वितरक शाही बताउ“छन् ।
कागजातअनुसार १ असार २०८२ मा यस चलचित्रका निर्माता जिया केसीसँग काफिया फिल्मस्का गोविन्द शाहीले ‘५० लाख रुपैयाँ निर्माणका लागि दिने’ भन्दै वितरण अधिकार लिखितरूपमा लिएका थिए । जसमा भुवन केसी साक्षी बसेका थिए । उनले चलचित्र वितरण अधिकारका लागि सुरुमा अग्रिम १० लाख र पछि ३९ लाख गरी ४९ लाख रुपैयाँसमेत जियालाई दिएका थिए । तर, ‘अहिले जिया केसी र भुवन केसीले अकै वितरकलाई बेचेको’ भन्दै काफिया फिल्मस्का गोविन्द शाहीले सामाजिक सञ्जालमा ‘आफ्नो पैसा ब्याजसहित फिर्ता’ मागेका छन् । यसअघि, पैसा माग्दा केसीले नदिएपछि सामाजिक सञ्जालमा लेख्नुपरेको उनको तर्क छ ।
निर्मात्री जिया केसीसँग वितरणसम्बन्धी गरेको सम्झौताको पत्रसमेत शाहीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । ‘२४ घण्टाभित्र सबै हिसाब चुक्ता गर्न’समेत उनले चेतावनी दिएका छन् । ‘काफिया फिल्मस्को हिसाब चुक्ता नगरी जिया केसी र भुवन केसीले अर्कै वितरकलाई चलचित्र बेचेको’ आरोपसमेत उनले लगाएका छन् ।
यता, यस चलचित्रका निर्माता एवं निर्देशक भुवन केसीले ‘बाटुलो जुन’ आगामी दसैंमा रिलिज गर्ने भएपछि सोही मितिमा वितरक शाहीले रिलिज गर्न नमानेको आरोप लगाए । हुन पनि वितरक शाही आगामी दसैंको अवसर पारेर ३० असोजमा चलचित्र ‘१२ गाउँ–२’ रिलिज गर्दै छन् । ‘आफूले चाहेको मितिमा रिलिज गर्न नपाउने’ भएपछि भुवनले वितरण जिम्मा सुनिल मानन्धरलाई दिएको प्रस्टोक्ति दिए ।
‘बाटुलो जुन’की अर्की निर्माता जियाले वितरक शाहीको आरोपको खण्डन गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तत्कालीन सम्झौताबमोजिम सम्झौता नम्बर ४ अनुसार दोस्रो पक्ष (काफिया फिल्मस्)ले निर्धारित मितिमा अन्य चलचित्र प्रदर्शन गर्न नपाउने सर्त नै कुल्चिसकेको र सम्झौता ‘नम्बर ७’अनुसार एक वर्षभित्र चलचित्र प्रदर्शन गर्नुपर्ने र अन्यथासहितको सर्त नजरअन्दाज नगरिएको जानकारी गराउन चाहन्छौं ।’
जियाले ‘वितरक शाहीले भन्दा अघि नै निर्माता संघ र चलचित्र संघमा आफ्नो चलचित्रलाई काफिया फिल्मस्ले चाहेको समयमा रिलिज गर्न नमानेको’ भन्दै त्यस’bout जानकारी गराइसकेकी छन् । यस्तो अवस्थामा सामाजिक सञ्जालमा आफूहरूविरुद्ध लेखेर ‘मानहानि’ गरिएको उनको आरोप छ । ‘यस’bout आफूहरूले न्याय पाउनुपर्ने’)जियाको जिकिर छ ।
गोविन्द शाहीले ‘विगतमा आफू र निर्माता जियाबीच भएको सम्झौता पत्र’समेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । जसमा जियाको कम्पनी सनराइज पिक्चरले काफिया फिल्मस्लाई काठमाडौं उपत्यकाभित्रको वितरण अधिकार दिएको देखिन्छ । जसबापत चलचित्र निर्माणका लागि काफिया फिल्सम्ले ५० लाख अग्रिम दिनुपर्ने र काठमाडौं उपत्यकामा भएको व्यापारबाट वितरण अधिकारबापत १२ प्रतिशत कमिसन पाउने उल्लेख छ ।
अग्रिम ५० लाख रुपैयाँ चलचित्र घरबाट नउठेमा निर्माता जिया केसीले नै तिर्नुपर्ने पनि सम्झौतापत्रमा उल्लेख छ । जसका लागि उनले ४९ लाख अग्रिम रकम दिइसकेका छन् । सोही रकमको उनले साँवा र व्याज मागेका हुन् ।
गोविन्दका अनुसार चलचित्रलाई आपसी सहमतिमा रिलिज गर्ने मौखिक सहमति भएको थियो । तर, एक्कासि आफूसँग सल्लाह नै नगरी भुवन र जियाले ‘बाटुलो जुन’ ३० असोजमै ल्याउने जिद्दी गरेको गोविन्दको दाबी छ । आफ्नो फोन भुवनले दुई साताबाट नउठाएको उनले राजधानीलाई बताए । उनले भने,‘मलाई मेरो ४९ लाख रुपैयाँ फिर्ता गरिदिए पुग्छ । तर उहाँहरुले पटक पटक माग्दा पनि पैसा दिने कुरा गर्नु भएको छैन ।’
हाल सम्पादनको रहेको चलचित्र ‘बाटुलो जुन’को वितरण विवाद अहिले चर्किएको हो । वितरक गोविन्द शाहीसँगै भुवन र जियासँगको विवाद मिलाउने चासो नेपाल चलचित्र निर्माता संघले बिहीबार चासो देखाएको हो । उनीहरूलाई चाँडै बोलाएर निर्माता संघले सहमति प्रयास गर्ने भएको छ ।
सम्बन्धित समाचार
‘मायाले जाल हान्यो’ गीत वैशाख ७ मा सार्वजनिक हुने
पलेँटीमा गुन्जिए पवन र रमेश
क्याफे व्यवसायमा नेपाली अभिनेत्री
कर्णालीका चलचित्रकर्मीले सिके छायांकन र लेखन
चलचित्र ‘लालीबजार’को प्रदर्शनमा अदालतको रोक
जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
चीनमा नेपाली चलचित्रको प्रदर्शनमा सरकारी चासो
‘धुरन्धर २’को लाइभ विस्फोटमा ५०० लिटर पेट्रोल प्रयोग






