जिफन्टले मनायो अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौंको भृकृटीमण्डपमा र्यालीको आयोजना गरेको छ।

‘कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धिः प्रविधिमैत्री प्रगति(श्रमिकसँग समृद्धि’ भन्ने मूल नारासहित महासङ्घले मुलुकभर र प्रवासमा दिवस मनाएको हो । महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकको सम्मान, सीप विकास र उत्पादनशीलताका लागि आन्दोलनलाई रुपान्तरित गर्नुपरेको बताए। उनले आजका श्रमिक भोलिका परिवर्तनका संवाहक भएकाले उनीहरूले राष्ट्रिय समृद्धिको नेतृत्व गर्नुपर्नेमा जोड दिए।

यसैबिच दिवसका अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै श्रमको मूल्य, मर्यादा र अधिकारको सङ्घर्षमार्फत संसारलाई पाठ सिकाएको दिनको स्मरण गरेका छन् । उनले शुभकामनामा नाफाको न्यायोचित वितरणका लागि रोजगारदातासँग संवाद र सामूहिक सौदाबाजीका माध्यमबाट श्रमजीवी वर्गको हक स्थापित गरेको उल्लेख गरे।

“हामीले हाम्रो संविधानमा पनि न्यायपूर्ण राज्यको लागि काम गर्ने वर्ग र काम गराउने वर्गबिच सन्तुलनका लागि यही निर्देशक सिद्धान्त अपनाएका छौँ । र, हामीले सरकारमा रहँदा श्रमिक, रोजगारदाता र राज्यबीचको त्रिपक्षीय सन्तुलित सहकार्यको बाटो अपनाउँदै तीनै पक्षको योगदानमा आधारित सामाजिक सुरक्षा थालनी गरेका थियौँ”, अध्यक्ष ओलीले भने।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

यूएईविरुद्धको म्याचमा नेपालको रोमाञ्चक जित