सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार (वैशाख २०) मा सुनको मूल्य घट्दा चाँदीको बढेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्दा चाँदीको ६५ रुपैयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ खर्च निर्धारण गरिएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज आइतबार चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै